logo
19 Nov 2018   |   
राजनीति

वीरगञ्ज आन्दोलनका थप कार्यक्रम सार्वजनिक, २१ गते वीरगञ्ज बन्द



राजनीति   80 पटक पढिएको   कलमपाटी ९ माघ     
वीरगञ्ज : प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज कायम गर्न माग गर्दै शुरु भएको आन्दोलन थप चर्काउने निर्णय भएको छ ।



संघर्ष समितिको मंगलबार बसेको बैठकले रिले अनशनलाई जारी राख्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको वीरगञ्ज संघर्ष समितिका लुकेस सिंहले जानकारी दिनुभयो ।

बैठकले रिले अनशनलाई जारी राख्दै माघ १३ गते वीरगञ्जमा जुलुस प्रर्दशन गर्ने, १९ गते आमसभा गर्ने, २० गते मसाल जुलुस प्रर्दशन गर्ने र माघ २१ गते वीरगञ्ज बन्द गर्ने निर्णय गरेको छ ।

संघर्ष समितिले पर्सा जिल्लाका ग्रामिण क्षेत्रमा पनि जागरणका कार्यक्रम गर्ने निर्णय गरेको सिंहले बताउनुभयो ।

जनकपुरलाई प्रदेश नम्बर २ को अस्थायी राजधानी घोषणा गर्नु अघिदेखि शुरु भएको आन्दोलन अन्तर्गत १९ दिनदेखि रिले अनसन जारी छ ।  headline khabar












1899521 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top