logo
10 Dec 2018   |   
समाज

विकासको नाममा नदीमा स्काइभेटर संचालन, स्टोक गरेर महगोमा बिक्री गर्दै व्यपारी



समाज   110 पटक पढिएको   कलमपाटी     
गौर २८ पुस // जिल्लाका बिभिन्न खोलामा स्काइभेटरनै प्रयोग गरेर गिटी, वालुवा , ढुगा उत्खनन गर्न थालिएको छ । जिल्ला समन्वय समितिले जिल्लामा हुने बिकास निर्माणका लागि बिभिन्न खोलाबाट सिमित मात्रामा गिटी निकाल्न अनुमती दिएको भएपनि ठेकेदारले ठुलो परिणाममा गिटी निकालेर स्टोक गरेर पछी महगोमा बिक्रि बितरण गर्ने गरेका छन् ।



 अहिले विकास निर्माणको नाममा जिल्ला समन्वय समितिको पत्रको आधारमा निकालेर स्टोक गरिने ग्रेवल अथवा गिटी असार साउनमा महंगोमा बिक्रिहुने गरेको छ ।

सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती नदिको पौराईबाट आस्रेय निर्माण सेवाले शुक्रबारबाट स्काभेटर लगाएर ग्रेवल निकाल्ने काम थालेको छ । 

जिल्ला समन्वय समिति रौतहटका प्रमुख उमेश बस्नेतले स्काभेटर चलाएर विकास निर्माणका लागि ग्रेवल निकाल्ने काममा सहयोग गरिदिन भन्दै जिल्ला वन कार्यालय र स्थानीय प्रहरी चौकीमा पत्राचार गरेपछि सो स्थानमा शुक्रबारबाट स्काभेटर चलेको हो ।

जिल्लाका बिभिन्न स्थानमा हुने विकास निर्माणका नाममा भन्दै बागमती खोलाको पौराई र समनपुरमा दैनिक स्काभेटर लगाएर नदिको वहावनै परिवर्तन हुनेगरी ग्रेवल उत्खनन भईरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्लाको जंगलसहिया स्थित गर्जाघाट र जंगलसहियाघाटमा समेत स्काभेटर प्रयोग गरेर बकैया खोलाबाट दैनिक ठुलो परिणाममा ग्रेवल निकालेर स्टोक गर्ने काम भईरहेको स्थानीय बासिन्दाले बताएका छन् । बकैया खोलाको गर्जाघाट नजिकै रहेको पुल छेउबाट स्काभेटर प्रयोग गरेर ग्रेवल निकाल्दा पुलको आयु समेत घटदै जान थालेको स्थानीय बासिन्दा ओम किशोर चौधरीले बताए ।

जिल्ला समन्वय समिति स्थानीय नगरपालिका ,प्रहरी चौकी र जिल्ला वन कार्यालयका कर्मचारीकै मिलेमतोमा हिउदमा विकास निर्माणको नाममा ग्रेवल स्टोक गरेर बर्षायाममा बिक्रि हुने गरेको स्थानीयको भनाई रहेको छ ।

जिल्ला वन कार्यालय रौतटहका प्रमुख दिर्घनारायण कोईरालाले जिल्ला समन्वय समितिका ईन्जिनियरले कुन ठाउबाट जिल्लाको कति स्थानमा कति ग्रेवल आवस्यक छ भनेर स्टमेट बनाएर ग्रेवल निकाल्न दिनु भनेर पत्राचार गर्ने त्यसै अनुसार खोलामा स्काभेटर चलेको बताए ।

जंगलसियामा रवी कन्टक्सनले नदिजन्य बस्तु उत्खनन गरेको खाल्टो समेत नमिलाएका कारण दुर्घटनाको खतरा बढदै जान थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्ला समन्वय समितिले नदिजन्य बस्तु उत्खनन गरिसकेपछि र गर्नुभन्दा पहिला गर्नुपर्ने सर्तको पालना समेत नगरी पछिल्लो समय ठेकेदार कम्पनीहरु जतीसक्दो चाडो धेरै ग्रेवल स्टोक गर्नमा व्यस्त रहेको स्थानीय बासिन्दाले बताए ।

जिल्लाको समनपुर घाटमा बिगत लामो समय देखी ग्रेवल उत्खनन गरेर स्टोक गरिएको स्थानीय बासिन्दाले बताए ।













2087578 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top