इजाजत नलिइ इन्टरनेट सेवा बिक्री गर्ने एक पक्राउ
समाज


इजाजत नलिइ इन्टरनेट सेवा बिक्री गर्ने एक पक्राउ

समाज 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



  इजाजत नलिइ इन्टरनेट सेवा बिक्री गर्ने एक पक्राउ

रौतहट २८ पुस// अनुमती नै नलिइ इन्टरनेट सेवा बिक्री गर्दै आएका एक व्यक्ति लाइ प्रहरीले पक्राउ परेको छ । विगत दुइवर्ष अघि देखी रौतटहको चन्द्रपुर ४ का संजय कुमार साहले अनुमती नलिइ इन्टरनेट सेवा बिक्री बितरण गरेको आरोपमा उन लाइ प्रहरीले पक्राउ गरेको छ ।

साह नेटवर्क प्रालीको नाममा  उनले एक सय २० भन्दा बढी ग्राहक लाइ इन्टरनेट बिक्री गरेको आरोप छ । पक्राउ परेका साहले चन्द्रनिगाहपुरमा मुख्य स्टेशन राखेर , वालचनपुर, हर्साह,सन्तपुर,कनकपुर, र बाराको कोल्वी बजारमा इन्टरनेट बितरण गरेको पाइएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीले नेपाल दुरसंचार प्राधिकरण बाट अनुमती दिनु पर्ने प्राबधान रहेको छ ।

बिना अनुमती इन्टरनेट सेवा दिइरहेको सुचनाको आधारमा साह लाइ पक्राउ गरी कार्वाहीको लागी राजश्व अनुशन्धान कार्यालय पथलैया पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले कलमपाटी लाइ जानकारी दिएका छन ।

उनले प्रयोग गरेको सवै उपकरणहरु समेत प्रहरीले बरामद गरेको छ ।

उनले ग्राहकहरु संग १२ सय ५० केभिएको १५ सय रुपैया र एक एमवीको दुइ हजार रुपैया लिएर इन्टरनेट सेवा दिदै आएका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 NEXT

English News



1702551 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top