रिक्सा चालक द्धारा न्यानो कपडा बितरण
समाज


रिक्सा चालक द्धारा न्यानो कपडा बितरण

समाज 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



रिक्सा चालक द्धारा न्यानो कपडा बितरण

रौतहट २७ पुस रौतहटका रिक्सा चालक केदार प्रसाद तिमल्सेनाले रौतहट तथा बारा जिल्लाका बिभिन्न गरीव बस्तिहरुमा कपडा बितरण गरेका छन ।

उनले सामाजीक संजाल मार्फत अपिल गरेर संकलन गरेको कपडा बाराको निजगढ, रतनपुरी, कोल्वीका गरीव बस्तिमा बितरण गरेका छन ।

यस्तै उनले रौतहटको हिलेखोला, गैडाटार, वडेर्वा, डुमरीया, सन्तपुर लगाएतका दलित बस्तिहरुमा कपडा बितरण गरेका छन । गुजरा नपाको बस्तिमा यसै गरी कपिलबस्तु जिल्लाको चद्रौटामा समेत पठाएका छन ।

सुइटर, ज्याकेट, टोपी, सिरक, डस्ना गरी १२ हजार थान भन्दाबढी कपडा बितरण गरेको रिक्सा चालक तिमल्सेनाले कलमपाटी लाइ जानकारी दिएका छन ।

फेन्सी व्यवसायी संघ काठमाण्डौ तथा चितवन खैरहनीका व्यपारीहरुले उनलाइ कपडा सहयोग गरेको उनले बताएका छन ।

शितलहर पिडीतहरुको अवस्थाको बारेमा उनले सामाजीक संजालमा लेखेपनि उनी मार्फत कपडाहरु बितरण भएको हो ।

उनी आफ्नो रिक्सा चलाउने काम लाइ केही दिन रोकेर अहिले सामाजीक काम मा जुटेका छन । शित लहर पिडित लाइ सकेको सहयोग गर्न उनले सवै लाइ अपिल समेत गरेका छन ।  तिमल्सेना बिगत १० बर्ष देखि रौतहटको चन्द्रनिगाहपुरका रिक्सा मजदुरी गर्दै आएका व्यक्ति हुन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 NEXT

English News



1702553 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top