कटहरीया नगरको बजेट करीव ३९ करोड
राजनीति


कटहरीया नगरको बजेट करीव ३९ करोड

राजनीति 112 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



कटहरीया नगरको बजेट करीव ३९ करोड

रौतहट २७ पुुस // रौतहट संसदिय निर्वाचन क्षेत्र ३ बाट निर्वाचित माओबादी सांसद प्रभुु साहले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले अबको डेढमहिना भित्र जनताको हित बिपरित कामगर्ने दावी गरेका छन ।

 रौतहटको कटहरिया नगरपालिकाको प्रथम अधिवेशको उदघाटन पछी संबोधन गर्दै नेपाली जनताले दिएको माईन्डेड बिपरित देउवाको सता  मोहले देश अन्यौल तर्फ गईरहेको समेत उनले बताएका छन ।

 नेपाली कांग्रेसको यस्तै लज्जास्पद गतिबिधीको कारण माओबादी मन्त्रीहरु राजिनामा दिने निर्णयमा पुुगेको उनले बताएका छन । प्रधानमन्त्री देउवालाई सरकार छोडन नैतिक दवाब दिन र मार्ग प्रशस्त गर्ने उदेश्यले पनी बिना बिभागिय मन्त्रीहरुले राजिनामा दिनेनिस्कर्षमा पुुगेको उनले प्रस्ट पारेका छन ।

रौतहट क्षेत्र ३ तथा कटहरियाको समग्र विकासको निमित जनकपुुरगरुडा,कटहरिया,कलैया हुुँदै बिरगंज सम्म लोकमार्ग निर्माणमा जोड दिने उनेले बताएका छन ।

कार्यक्रमका बिशिष्ट अतिथि बिधायक कुुन्दन कुुश्वाहाले शिक्षा, स्वास्थ्यमा सुुधार गरेर रोजगारीको सृजना गरी क्षेत्रमा समृद्धी ल्उाने बताएका छन ।

पत्रकार सञ्जय मिश्राले जनप्रतिनिधी आएको तीन महिना बित्न लाग्दा जनताले पुुर्ण अनुुभुुती गर्न नसकेकोे बताउनुु भयो ।

सितलहर बाट मरीरहेका जनताको राज्यस्तर बाट वास्ता नभएको तथा कटहरिया नगरक्षेत्रमा शिक्षा तथा स्वास्थ्य क्षेत्र जिर्ण रहेकाले सुुधारका लागी पत्रकार मिश्राले जन प्रतिनिधीको ध्यानाकर्षण गराएका छन ।

कटहरिया नगरपालिकाका मेयर सियाराम कुुश्वाहाले बिभिन्न शिर्षकमा कुल ३८करोड,९४लाख,९५हजार,रुपैया बराबरको बजेट बिनियोजन भएको प्रस्तुत  गरेका छन ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापती रामएकवाल यादव, पुुर्व जिविस सभापती रजिउदिन आलम,खानेपानी तथा सरसफाई डिविजन प्रमुख अनिल केशरी,नगरका निमित प्रमुख राजदेव मुुखिया लगायतको उपश्थिती रहेको थियो ।

 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 NEXT

English News



1164633 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top