logo
24 Jan 2019   |   
समाज

हिउँ चितुवाको छालासहित पक्राउ



समाज   46 पटक पढिएको   चितवन २७ पुस     
मकवानपुर प्रहरीले हिउँ चितुवाको छालासहित मकवानपुरका १ जनालाई पक्राउ गरेको छ



इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा खटिएको प्रहरीले मकवानपुरको थाहा नपा–१, ओखरबजारस्थित त्रिभुवन राजपथ सडकमा ग्राहक खोजिरहेका थाहा नपा–८ बस्ने वर्ष ४२ का सञ्जीव थापालाई बुधबार बिहान करिब सवा १० बजे पक्राउ गरेको हो।
बन्यजन्तुको छाला १४ लाख रुपियाँमा बिक्री गर्ने तयारीमा रहेका थापाको शरीर खानतलासी गर्दा पिठ््युँमा बोकेको झोलाभित्र लुकाइएको बोरामा ६ फिट लम्बाई र १ फिट ६ इञ्च चौडाईं भएको हिउँ चितुवाको छालासहित फेला पारिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो। थापालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ । साभार न्युज एफ लेपाल











2309225 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top