समाज


बिचल्लीमा परेको एक मुसहर परीवारलाइ सहयोग

समाज 39 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


बिचल्लीमा परेको एक मुसहर परीवारलाइ  सहयोग

चन्द्रपुर २७ पुस बिचल्लीमा परेको रौतहटको एक मुसहर परीवार लाइ हास्य कलाकार धुर्मुस लगाएत बिभिन्न व्यक्तिहरुले कपडा तथा रकम सहयोग गरेका छन ।

 रौतहटको चन्द्रपुर नपा ९ स्थित डुमरीयाटोलका सुरेश माझी मुसहरको परीवार लाइ उनीहरुले सहयोग गरेका हुन ।

 धुर्मुस सुन्तली फाउन्डेशनले दुइ कम्वल र खाध्यान्नका लागी  २५ सय नगद सहयोग गरेको छ ।  हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले शुरेसको परीवार  संकटमा रहेको जानकारी पाएपछि सहयोग गर्न आएको बताएका छन ।

यस्तै उनको परीवार लाइ जाडोमा लगाउने न्यानो कपडा सहयोग गरेको रिक्सा चालक तिमल्सेनाले बताएका छन ।  शिक्षक तथा पत्रकार यादवराज पुरीले चालम किन्नका लागी ५ सय नगद सहयोग गरेका छन । 

डुमरीयाका ३५ बर्षिय सुरेश माझी मुसहरको तीन छोराछोरी सहीत ५ जनाको परीवार आर्थीक अभावका कारण खान समेत समस्यामा छन ।

 जीर्ण बनाएको झुपडी मा बस्दै आएको सो परीवारले खाध्यन्न किन्ने पैसा पाएपछि खुशी व्यक्त गरेका छन । चन्द्रपुर नगरपालिका ९ को डुमरीया बजारको छेउमा  झुपडी बनाएर बसेका सुरेश बिरामी परेपछि उन्को परीवार बिचल्लीमा परेको छ ।

उनको ढाडदेखी मुनी र दुवै हात चल्दैन । उनलाइ खानेकुरा खुवाउन देखि दिसापिसाव गराउन अर्कैका साहारा चाहिन्छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



750656 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top