शितलहर बढेर चिसोहुदा रौतहटमा ११ को मृत्यू
समाज


शितलहर बढेर चिसोहुदा रौतहटमा ११ को मृत्यू

समाज 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



 शितलहर बढेर  चिसोहुदा रौतहटमा ११ को मृत्यू

रौतहट २७ पुस शितलहरका कारण रौतहटमा चिसोले मर्नेको सँख्या ११ बिहिवार सम्ममा पुगेको छ ।

बुधवार राति मात्रै रौतहटको परोहा नगरपालिका ७ रामपुरखापका ६० वर्षिय रामलगन प्रसाद पटेल, गौर नगरपालिका ४ टिकुलियाका ७० वर्षिया सिया देवी र  गढीमाई नगरपालिका ७ धनाडी टोलका भिक्षु  हजामको चिसोले कठ्याग्रीएर मृत्यु भएको प्रहरी प्रमुख  यज्ञ विनोद पोखरेलले जानकारी दिएका छन ।

केहि दिन अघि परोहा नगरपालिका वडा नम्वर २ जिगडवाका ४५ बर्षिय शेख समिम, वडा नं. ९ का ७० वर्षिया नसिरुल्लाह खातुन, ६५ बर्षिया मरठिया देवी कुर्मी, राजदेवी नगरपालिका ९ ब्रह्मपुरीका ६४ वर्षका अकल प्रसाद सिंह, गढीमाई नगरपालिका वडा नम्बर १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगकामजदुर सर्लाही रामवन घर भएका ५५ बर्षिय नेक महम्मद अलि, गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजाम, गुजरा ७ प्रतापुर पल्टुवाकी फूलकुमारी देवी, दुर्गाभगवति ८ बडहर्वाकी सकली देवीको चिसोका कारण  मृत्यु भएको  थियो ।

चिसोबाट सर्वसाधारणलाई जोगाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले विभिन्न स्थानहरुमा दाउरा बितरण गरेर आगो ताप्ने व्यवस्था गरेको जनाएको छ ।

वालवालिका, बृद्ध , दिर्घरोगीहरु चिसोका कारण बढी पिडित बनेका छन । दलित तथा गरीव वस्तिहरुमा ओड्ने ओछ्याउने कपडाको अभाव रहेको छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 NEXT

English News



1267690 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top