समाज


चिसोका कारण सुत्केरी र वालवालिकाको बिचल्ली

समाज 35 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


  चिसोका कारण सुत्केरी र वालवालिकाको बिचल्ली

रौतहट २६ पुस// लामो समय मधेशमा चलेको शितलहरका कारण मुसहर बस्तिका सुत्केरी महिलाहरु ,शिशु र वालवालिकाहरु बिचल्लीमा पर्न थालेका छन ।

त्यस्ता मुहसर बस्तिहरुको झुपडीमा न्यानो कपडा नहुदा सुत्केरी महिला र नवजात शिशु परालको भर बाचिरहेका छन ।

रौतहटको देवाहीगोनाही नगरपालिका २ स्थित लक्ष्मिनिया टोलमा  सुत्केरी महिलाहरु , वालवालिकाहरु  पराल ओछ्याएर सुकुल ओडेर बस्न बाध्य छन ।

बस्तिमा छ दिनकी सुत्केरी बुधनी देवी माझी मुसहर चिसो भुइमा पराल ओछ्याएर छोरा सगै बसि रहेकी छिन । सुत्केरी  अवस्थामा पेटभर खानेकुरा खुवाउन समेत नसकेको बुधनीदेवीका सासु ठगनी देवीले दुखेसो पोखेकी छिन ।

सो टोलमा ८० भन्दा बढी मुसहरका वालवालिकाहरु जाडो बाट अत्यन्त पिडित छन ।

 टोलमा दुइ दर्जन भन्दा बढी महिलाहरु साना बच्चाहरु चेपेर परालको घुर तापिरेको भेटिन्छन । सुत्केरी अवस्थामा उनीहरुले पोष्टिक खाध्यान्न तथा लता कपडा पाउन सकेका छैनन ।

दैनिक ज्याला मजदुरी गरे जीवनयापन गर्दै आएका मुसहरहरु शितलहरका कारण काम गर्न समेत जान सकेका छैनन ।

बस्तिका मानिस ओड्ने ओछ्याउने नहुदा पराल ओछ्याएर र सुकुल ओडेर सुत्ने गरेको महिलाहरुको भनाइ छ ।

साउनमा आएको बाढीले जिर्ण बनाएको झुपडीमा गुजारा चलाउदै आएका सो बस्तिका मुसहर परीवार  शितलहरका कारण थप पिडित छन ।

बस्तिका एकसय भन्दा बढी वालवालिका न्यानो कपडा नहुदा परालको घुर तापेर जाडो कटाइरहेका छन भने राति परालमा सुत्न बाध्य छन ।

जाडोका कारण गरीव बस्तिका बालबालिकाहरु पिडित बनेको स्थानिय शिवशरण माझी मुसहरले बताएका छन । 

नगरपालिकाले आगो ताप्नका लागी टोलटोलमा दाउराको व्यवस्था गरेको जनाएपनि सो बस्तिमा खाउरा पुगेको छैन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



750647 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top