समाज


दुर्घटनामा दुईको मृत्यु

समाज 14 पटक पढिएको परासी २५ पुस प्रकाशित मिति:


दुर्घटनामा दुईको मृत्यु

भैरहवा–भूमही सडक खण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा मंगलबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्। एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

परासीबाट भूमहीतर्फ जाँदै गरेको लु १ ख ९२३६ नम्बरको माइक्रो बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ९२४५ नम्बरको ट्रकसँग रामग्राम नगरपालिका रानिपाकडमा ठोकिन पुग्दा दुर्घटना भएको हो।

दुर्घटनामा बसका सहचालक रामग्राम नगरपालिका ५ परासीका २६ वर्षीय जितेन्द्रकुमार पाण्डे र बसमा सवार रामग्राम नगरपालिका २ पुरानो बैंकटोल बस्ने ३५ वर्षीय अरविन्द ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो।

दुर्घटनामा परी बस चालक रामग्राम–१६ का हरिनारायण केवटको अवस्था गम्भीर रहेको छ।उनको क्रिश्मन अस्पताल मणिग्राममा उपचार भइरहेको छ। घाइते अन्यको पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। साभार अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



750631 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top