logo
10 Dec 2018   |   
राजनीति

एमाले–माओवादी एकताका लागि संयोजन समितिको बैठक बालकोेटमा



राजनीति   127 पटक पढिएको   काठमाडौं २५ पुस     
झण्डै साढे तीन महिना अघि (असोज १७) पार्टी एकता गर्ने घोषणा गरेका एमाले–माओवादीको पार्टी एकताका लागि गठन भएको संयोजन समितिको बैठक आज बस्दैछ ।



एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा दिउँसो ३ बजे एकता संयोजन समितिको बैठक बस्न लागेको एमाले महासचिव तथा एकता संयोजन समितिका सदस्य इश्वर पोखरेलले बताए । एकता संयोजन समितिमा दुवै पार्टीका अध्यक्ष तथा एमालेबाट माधव नेपाल, झलनाथ खनाल, बामलेव गौतम, इश्वर पोखरेल छन् भने माओवादीका प्रचण्डको अलवा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा वादल रहेका छन् ।

आजको बैठकमा दुवै पक्षले एकताका लागि अ–आफ्ना तर्फबाट बैचारिक राजनीतिक एजेण्डा प्रस्तुत गर्नेछन् । अजेण्डा तयार गर्न दुवै पार्टीको हिजो बैठक बसेको थियो ।

‘मोटामोटी आफ्नो पार्टीबाट एकता लागि एजेण्डा तयार भएपनि आज बस्ने बैठकमा वैचारिक राजनीति र सांगठनिक ठोस एजेन्डा तयार गर्ने काम हुनेछ,’ माओवादी नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले रातोपाटीलाई भने ।

असोज १७ गते पार्टी एकता गर्ने सहमति सार्वजनिक गरेको दुई दलको एकता संयोजन समितिको बैठक गत कार्तिक १५ गते बसेको थियो । झण्डै साढे दुई महिनापछि बस्न लागको आजको बैठकले एकता प्रकृयालाई तिव्रता दिने नेताहरुको विश्वास छ ।

यसअघि गत आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटबार्तामा मंगलबार ९आज० एकता संयोजन समितको बैठक राख्ने सहमति बनेको थियो । समितिको बैठकले कार्यदल बनाएर एकताको मोडल तयार गर्ने र त्यो मोडलमा नेताहरुले सहमति जनाएपछि पार्टी एकता घोषणा गरिने छ ।

साभार रातोपाटी












2087539 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top