logo
16 Oct 2018   |   
खेलकुद

मध्यपश्चिमाञ्चल सेमिफाइनलमा



खेलकुद   97 पटक पढिएको   काठमाडौं २५ पुस     
राजधानीमा जारी राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ मध्यपश्चिमाञ्चलको टोली सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।



राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘बी’ को लिग खेलमा मध्यपश्चिमाञ्चलले त्रिभुवन आर्मी क्लबलाई ४५/३२ अंकले पराजित गर्‍यो।

जितसँगै मध्यपश्चिमाञ्चल समूह विजेता बन्यो । मध्यपश्चिमाञ्चलको जितमा शान्ति श्रेष्ठ एक्लैले २७ अंकको योगदान गरिन् । उक्त समूहमा दुईवटा टोली मात्र रहेकाले पराजयका बाबजुद आर्मी क्लब पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । यसैगरी महिलातर्फकै अर्को खेलमा साबिक विजेता मध्यमाञ्चलले पूर्वाञ्चललाई ६३/८ अंकको फराकिलोअन्तरले पाखा लगायो । मध्यमाञ्चलको जितमा स्नेहा श्रेष्ठले १६ अंकको योगदान गरिन् ।

पुरुषतर्फ भने दुई विभागीय टोली आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरे । साबिक विजेता आर्मी क्लबले पूर्वाञ्चललाई ९३/७२ अंकले पन्छायो । आर्मी क्लबका सदीश प्रधान र रविन खत्रीले समान २१÷२१ अंकको योगदान गरे । पुलिस क्लबले मध्यपश्चिमाञ्चलमाथि ९३(५४ अंकको जित दर्ता गर्‍यो । पुलिस क्लबको जितमा विकास गुरुङ एक्लैले २७ अंकको योगदान गरे । प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्षसमेत रहेका राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए । साभार अन्नपुर्ण












1776190 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top