logo
19 Oct 2018   |   
खेलकुद

बार्सिलोनाले जित्यो, रियल मड्रिड बराबरीमा रोकियो



खेलकुद   64 पटक पढिएको   २४ पुस, काठमाडौं     
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को जित हात पारेको छ भने रियल मड्रिड बराबरीमा रोकिएको छ । यससँगै रियल मड्रिड लिग लिडर बार्सिलोना भन्दा १६ अंकले पछाडि परेको छ ।



आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० गोल अन्तरले हराएको छ ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले १२ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । ३८ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २–० को अग्रता लिन सफल रह्यो ।

दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । तर, अतिरिक्त समयमा पाउलिन्होले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

अर्को खेलमा रियल मड्रिडले सेल्टाभिगोसँग २–२ गोलको बराबरी खेलेको छ ।

रियलका लागि दुबै गोल २० सेप्टेम्बरपछि पहिलो पटक फस्ट इलाभेनमा परेका ग्यारेथ बेलले गरेका थिए ।

खेलमा अग्रता भने घरेलु टोली सेल्टाभिगोले लिएको थियो । ३३ औं मिनेटमा डानियल वासले गोल गरे । तर, तीन मिनेटपछि नै वेलले बराबरी गोल फर्काए ।

त्यसको दुई मिनेटपछि नै दोस्रो गोल गर्दै वेलले रियल मड्रिडलाई २–१ गोल अन्तरको अग्रता दिलाए ।

तर, ८२ औं मिनेटमा गोमेज गोन्जालोजले गोल गरेपछि सेल्टाभिगोले २–२को बराबरी खेल्यो ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १८ खेलबाट ४८ अंक छ भने भने रियल मड्रिड ३२ अंकसहित चौथो स्थानमा छ । तर, उसले एक खेल कम खेलेको छ । साभार अनलाईन खबर












1782647 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top