logo
19 Oct 2018   |   
समाज

रौतहटमा चिसोका कारण ५ जनाको मृत्यू



समाज   127 पटक पढिएको   कलमपाटी     
रौतहट २३ पुस// रौतहटमा अत्यधिक चिसो बढेपछि कठांग्रिएर शनिवार राति दुईजनाको ज्यान गएको छ । एकसता यता जिल्लमा चिसोका कारण पाच जनाले ज्यान गुमाइ सकेकाछन ।



परोहा नगरपालिका वडा नम्वर २ जिगडवाका ४५ बर्षिय शेख समिम र वडा नम्वर ९ रामपुरखापका ६५ बर्षिया मरठिया देवी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

गएको शुक्रबार राति राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका वार्ड नम्बर १ समनपुर रहेको  इँटा उद्योगका मजदुर सर्लाही रामवन घर भएका ५५ बर्षिय नेक महम्मद अलिको ज्यान गएको थियो । यस्तै गढीमाई नगरपालिका वार्ड नम्बर ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजाम पनि चिसोका कारण ज्यान गएको प्रहरीको भनाइ छ ।

एकसाता अघि देखि शितलहर सगै  हावा चलेको र  बाक्लो हुस्सु लागेकाले अत्याधिक जाडो बढेको छ । जाडोले सरकारी कार्यालयमा सेवाग्राहीहरु घटेका छन । बिधालयहरु २६ गते सम्मका लागी बन्द भएका छन ।

मानिसहरुको बाहीर निस्कन छाडेका छन । यातायातहरु कम चलेका छन । नगरपालिकाहरुले चौकचौकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएका छन । गरीव तथा दलित बस्तिका मानिस बढी पिडित भएका छन ।


 













1782570 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top