logo
16 Nov 2018   |   
मनोरञ्जन

विवादित सिनेमा ‘पद्मावती’ को प्रदर्शन मिति तय



मनोरञ्जन   111 पटक पढिएको        
सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’ प्रदशन मिति र र विवादका कारण चर्चामा छ । करनी सेनाको विरोध र विवादका बीच निर्माण पक्षले फिल्मको प्रदर्शन मिति सार्नु परेको थियो । तर अब फिल्म ‘पद्मावती’ को प्रदर्शन मिति तय भएको छ ।



बलिउड स्रोतका अनुसार बहुप्रतिक्षीत फिल्म ‘पद्मावती’ २६ जनवरीबाट हलहरुमा प्रदर्शन हुने भएको छ । 

‘पद्मावती’ प्रदर्शनमा आउने भएपछि अक्षय कुमारको फिल्म ‘प्याड म्यान’ अब २६ जनवरीमा नभएर २५ जनवरीमा रिलीज हुने भएको छ । अक्षय कुमारले ट्वीट गर्दै फिल्मको नयाँ ‘रिलीज डेट’ का बारेमा जानकारी दिएका छन् । यसका साथै सोही दिन सिद्धार्थ मलहोत्राको फिल्म ‘अय्यारी’ पनि प्रदर्शनमा आउने भएको छ । 

फिल्म ‘पद्मावती’ को ‘रिलीज डेट’ का बारेमा शनिबार फिल्मकी अभिनेत्री दीपिका पादुकोणको जन्मदिनको अवसर पारेर आधिकारिक घोषणा गर्ने भएका छन् ।


-एजेन्सी












1871092 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top