logo
19 Oct 2018   |   
खेलकुद

क्याटलोनिया स्वतन्त्र भए मेस्सीले बार्सिलोना छोड्न सक्ने



खेलकुद   127 पटक पढिएको   २१ पुस, काठमाडौं     
क्याटलोनियाको राजनीतिक उतारचढावका बाछिटा लिओनल मेस्सीमा पनि परेको छ । र, अर्जेन्टिनी खेलाडीले यदि क्याटलोनिया स्पेनबाट स्वतन्त्र भयो भने बार्सिलोना फुटबल क्लब के हुन्छ भन्ने प्रष्ट हुन चाहेका छन् ।



त्यसैले उनले आफ्नो रिलिज क्लजमा नयाँ सर्त थप्न लगाएको स्पेनिस पत्रिका इएल मुन्डोले जनाएको छ ।

समाचारमा जनाइए अनुसार क्याटलोनिया स्वतन्त्र भएको अवस्थामा क्लब स्पेनिस, फ्रान्स, इंग्लिस वा जर्मन लिगमा रहे मात्र मेस्सी बार्सिलोनामै रहनेछन् । स्वभाविक रुपमा बार्सिलोनाका लागि ला लिगामै रहने विकल्प पनि हुनेछ ।

तर, युरोपियन फर्स्ट लिगमा क्लब नभएमा मेस्सीले फ्रिमा नै बार्सिलोना छाड्न सक्नेछन् । जबकी अहिले मेस्सीको रिलिज क्लज ७०० मिलियन छ ।

बार्साले मेस्सीलाई सूचित गरेको छ कि यदि क्याटलोनिया स्वतन्त्र भयो भने यो क्लब स्वतः स्वतन्त्र हुनेछ । क्लबले बुझेको छ, यो अवस्थामा उनको सम्झौतामा उलटफेर हुनसक्छ । र, परिणामस्वरुप मेस्सीले बार्सामै बस्नुपर्ने वाध्यता हट्नेछ ।

यसप्रकार, एउटा स्वतन्त्र राज्यमा रहने बार्साले यदि स्पेनिस लिगमा खेल्न जारी राख्यो वा जर्मन बुन्डेस लिगा, द इंग्लिस प्रिमियरसीप वा लिग १ गालामा सहभागी हुने सम्भावना रह्यो भने मेस्सी सोही क्लबमा रहनेछन् ।

त्यसो नभएको खण्डमा उनले तत्कालै क्लब छोड्न सक्नेछन् र त्यसका लागि उनले ७ सय मिलियन रिलिज क्लज पनि पालना गर्नुपर्ने छैन ।

फुटबलको इतिहासमा एउटा अत्यन्त महत्वपूर्ण सम्झौता गरेर मेस्सीलाई निरन्तरता दिन क्लब सहमत भएपछि मेस्सीले पनि क्लबप्रति आफ्नो प्रतिवद्धता दर्शाउन चाहेका छन् । एल मुन्डोले खुलासा गरेअनुसार क्लबले मेस्सीलाई अर्को सिजनभरीमा दिइसक्ने गरी १०० मिलियन ग्रस प्रिमियम तिर्नेछ । यो क्रिस्टियानो रोनाल्डोको भन्दा ७० प्रतिशत बढी हो । साभार अनलाईन खबर












1782565 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top