logo
19 Oct 2018   |   
खेलकुद

डेम्बेले मैदान फर्किए, तर बार्सिलोनाले बराबरी खेल्यो



खेलकुद   106 पटक पढिएको   २१ पुस, काठमाडौं     
ओस्माने डेक्बेले मैदान फर्किएका खेलमा बार्सिलोनाले सेल्टाभिगोसँग बराबरी खेलेको छ ।



कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा लिओनल मेस्सी, लुइस स्वरेजलाई आराम दिइएको थियो ।

डेम्बेलेले अन्तिम २० मिनेट मात्र खेले । ९६।८ मिलियन पाउण्डमा बार्सिलोना आएका २० वर्षीय डेम्बेल सेप्टेम्बर १६ मा घाइते भएपछि पहिलो पटक मैदान उत्रिएका हुन् ।

बार्सिलोनाले १५ औं मिनेटमा नै बी टिमका स्ट्राइकर जोसे अर्नाइजको गोलबाट अग्रता लिएको थियो । उनले आद्रे गोमेजको पासमा गोल गरेका हुन् ।

तर, पायन सिस्टोले ३१ औं मिनेटमा बराबरी गोल फर्काए ।

बार्सिलोनाका सर्जिओ बुस्केट र सार्गी रोबर्टोको प्रहार भने बारमा लागेर फर्किएको थियो ।

दोस्रो लेग नाउ क्याम्पमा ११ जनवरीमा हुनेछ । साभार अनलाईन खबर












1782656 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top