logo
10 Dec 2018   |   
राजनीति

एकै वडाका दुई महिला बेपत्ता



राजनीति   127 पटक पढिएको   तौलिहवा १९ पुस     
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–९ भलवाडका दुई महिला दुई हप्तादेखि बेपत्ता भएका छन्।



दुई हप्तासम्म हराएका महिलाको अत्तोपत्तो कतै नपाए पछि घरपरिवारले इलाका प्रहरी कार्यालय पिपरामा खोजीकार्य लागि निवेदन दिएका छन्।

वेपत्ता दुवै महिला एउटै वडाका हुन। भलवाड बक्सीसपुर टोल घर भएकी २२ वर्षीया गीता गुरुङ्ग गत मंसिर २४ गतेदेखि बेपत्ता भएकी हुन् भने भलवाड घर भएकी राधा नेपाली परियार पुष ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ।

गीता गुरुङ्गको माइती घर अर्घाखाँची गौचौर हो। उनी मंसिर १५ गते साढे दुई वर्षीय छोरा लिएर माइत गएकी उनकी नन्द धना गुरुङले बताइन्। तीन दिन माइती बसेर उनी घर फर्केको माइतीपक्षले बताएका छन्। म घर आइपुगेँ भनेर आफूलाई समेत फोन गरेको बेपत्ता गीताकी आमाले बताइन्।

भाउजु किन घर आउनुभएन भन्दै नन्दले गिताको माइतीमा फोन गर्दा मात्र उनी हराएको पुष्टि भएको हो। पुस ५ गतेदेखि बेपत्ता भएकी राधाको घटना भने फरक छ। ‘मलाई कसैले नखोज्नुहोला’ भन्ने एक पेजको चिठी लेखेर उनी बेपत्ता भएको रहस्य खुलेको छ।’ उनले पत्रमा मैले हजुरहरु र हजुरको छोरालाई कहिल्यै खुसी दिन सकिन भनेर लेखेकी छन्।’

राधा कहाँ गइन् भन्ने अत्तोपत्तो लाग्न नसकेको उनका ससुरा छन्दबहादुर परियारले बताए। राधाले लेखेको पत्रमा कुनै ठाउँमा जान्छु भनेर स्पष्ट नलेखिएको परियारले बताए। सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ।

गिता गुरुङ्गका श्रीमान् नरेन्द्र मलेसियामा र राधाका श्रीमान् दीपक परियार ओमनमा छन्। दुवै महिलाको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए। साभार अन्नपुर्ण












2087629 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top