नेपाल पुलिस र मध्यमाञ्चल विजयी
खेलकुद


नेपाल पुलिस र मध्यमाञ्चल विजयी

खेलकुद 23 पटक पढिएको काठमाडौँ १९ पुस प्रकाशित मिति:



नेपाल पुलिस र मध्यमाञ्चल विजयी

१६औं राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सफलता हात पारेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी लिगमा मंगलबार पुलिसले सुदूरपश्चिमलाई २-१ गोलले हरायो ।

खेलमा सुरुआती अग्रता भने सुदूरपश्चिमले लिएको थियो । सुदूरपश्चिमका चन्द्रा भण्डारीले खाता खोलेकी थिइन् । पहिलो हाफमा १-० गोलले पछि परेको पुलिसले दोस्रो हाफमा पुनरागमन गरेको थियो । पुलिसका नीरू थापाले ५७औं र निर्मला उपाध्यायले ६५औं मिनेटमा गोल गरे । पुलिसले एउटा पेनाल्टीको अवसर गुमाएको थियो ।

खेलपछि पुलिसका प्रशिक्षक सञ्जीव जोशीले पहिलो हाफमा खेलाडीबीच तालमेल नमिल्दा गोल नभएको प्रतिक्रिया दिए । दोस्रो हाफमा सबै खलाडीले आफ्नो स्तर देखाउँदा गोल पनि भयो, जोशीले भने । सुदूरपश्चिमका व्यवस्थापक डबलबहादुर थापाले पुलिसजस्तो टोलीसँग आफ्ना खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए । यसैगरी लिगको दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४-० गोलले हरायो । लिगमा मध्यमाञ्चलको पहिलो जित हो । एकपक्षीय खेलमा मध्यमाञ्चलले पहिलो र दोस्रो हाफमा समान दुई दुई गोल गरेको थियो । मध्यमाञ्चलका लागि रश्मीकुमारी घिसिङले छैटौं र ८१औं मिनेटमा गोल गरिन् । मेनुका नगरकोटीले पेनाल्टीमार्फत ३२औं तथा सविता रानामगरले ६१औं मिनेटमा एकएक गोल गरेका थिए ।

राखेप च्याम्पियनसिपअन्तर्गत सञ्चालित लिगमा तीन विभागीय टोली र पाँच विकास क्षेत्र गरी आठ टोलीले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । लिगको विजेता टोलीले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



1257109 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top