राजनीति


प्रचण्डलाई फकाउन को–को सक्रिय ?

राजनीति 12 पटक पढिएको काठमाडौँ १९ पुस प्रकाशित मिति:


प्रचण्डलाई फकाउन को–को सक्रिय ?

यति बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फकाउन केही शक्ति केन्द्र र नेताहरू निकै सक्रिय देखिएका छन् ।

एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया लम्बिदै जाँदा काङ्ग्रेस तथा मधेसवादी दलका नेताहरू प्रचण्डलाई फकाउन सक्रिय भएका छन् ।

वाम गठबन्धनको सरकार बन्न नदिनका लागि काङ्ग्रेस र मधेसवादी दलका दोस्रो तहका नेताहरू सक्रिय भएको स्रोतहरू बताउँछन् ।

काङ्ग्रेसका तर्फबाट विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अमरेशकुमार सिंह, डा। संशाक कोइरालालागयतका नेता सक्रिय देखिएका छन् ।

मधेसी दलका तर्फबाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव, राजेन्द्र महतो, अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवलगायतका नेताहरू सक्रिय भएको स्रोतको दाबी छ ।

वाम गठबन्धनका दुईजना नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ‘पावर सेयरिङ’मा कुरा नमिलिरहेका बेला दुई नेताको दूरी बढाउन सक्रियता बढेको हो ।

चुनावलगतै काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई बोलाएर पाँच वर्षका लागि प्रधानमन्त्री बन्न अफर गरेका थिए । प्रधानमन्त्री देउवाले अफर गरे पनि प्रचण्डले अहिले यसको सम्भावना नरहेको बताएका थिए ।

ओली र सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीचको भेटपछि प्रचण्ड चाहिँ केही सशङ्कित भएका थिए । त्यसपछि काङ्ग्रेसका केही नेताहरूले प्रचण्डलाई भावी प्रधानमन्त्रीका लागि ‘अफर’ बढाएका हुन् ।

 एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठनको विषयमा मधेसी दलका नेताहरूसँग छुट्टा छुट्टै छलफल गरी आआफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् ।  

अस्ति मात्र प्रचण्ड र राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच भएको भेटघाटले वाम गठबन्धनलाई सशङ्कित बनाएको छ । यसअघि प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पनि भेटघाट भएको थियो ।

‘प्रचण्डले जुनसुकै गठबन्धनको सरकार बनाऊन, हामीलाई मतलब छैन । तर, संविधान सांशेधनको विषयलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने ध्यानाकर्षण गराउन उनीसँग भेट गरेका हौँ ।’ अध्यक्ष महतोले भने ।

महतोले प्रचण्ड सुरुदेखि संविधान संशोधनप्रति इमानदार देखिएकाले अब बन्ने सरकारमा त्यसका लागि पुनः पहल गरून् भन्ने आफूहरूको इच्छा रहेको बताए । महतोले भने– ‘जुन गठबन्धनको सरकार बने पनि माओवादी केन्द्रले ल्याएको सिट हेर्दा त्यो दल सरकारमा सहभागी हुने देखिन्छ । त्यसैले अहिलेदेखि नै प्रचण्डलाई मधेसको मुद्दाप्रति सचेत गराउन लागेका हौँ ।’

महतोले अहिले पनि प्रचण्ड शक्तिशाली नेता रहेको बताए ।

महतोका अनुसार भेटमा प्रचण्डले सरकार गठन गर्नका लागि उनलार्ई हतार छैन । सरकार निर्माणका लागि एमालेका अध्यक्ष ओली र अन्य दलहरूसँग छलफल भइरहेको कुरा प्रचण्डले आफूलाई भनेको जानकारी गराए ।

चुनावपछि महतो र प्रचण्डको यो पहिलो भेट थियो ।

 महतोले सबै कुरा नखुलाए पनि राजपा नेपालका एक नेताले भने, ‘मधेसवादी दलका लागि वाम गठबन्धन भन्दा बेटर लोकतान्त्रिक गठबन्धन नै हो । तर, काङ्ग्रेस गम्भीर देखिएको छैन । वाम गठबन्धन अहिले विवादित देखिएको छ । यदि काङ्ग्रेसले राम्रोसँग खेल्न सक्यो भने माओवादी, मधेसी दल मिलाएर सरकार बनाउन सकिन्छ ।

राजपा नेपालका महासचिव समेत रहेका ती नेताले भने, ‘प्रचण्डले एमालेसँग एकता गर्दा केही नपाउने देखिएको छ, न उहाँले प्रधानमन्त्री पाउँदै हुनुहुन्छ, न पार्टी अध्यक्ष पाउँदै हुनुहुन्छ अनि किन केका लागि पार्टी एकीकरण गर्ने निष्कर्षमा प्रचण्ड पुगेको कुरा मैले बुझेको छु ।’

प्रचण्डले पार्टीका आन्तरिक वैठकमा जनताले एकता र वामगठबन्धनका लागि म्यान्डेड दिएको भन्दै जसरी पनि पार्टी एकता हुने बताएका छन् । साभार रातोपाटी




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

English News



750682 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top