चुनाव खर्च बुझाउन आयोगको ताकेता
राजनीति


चुनाव खर्च बुझाउन आयोगको ताकेता

राजनीति 127 पटक पढिएको १६ पुस, काठमाडौं प्रकाशित मिति:



चुनाव खर्च बुझाउन आयोगको ताकेता

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव खर्च बुझाउन ताकेता गरेको छ ।

आयोगले आइतबार एक सूचना प्रकाशित गरेर उम्मेदवारसँग विवरण मागेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र बुझाउनु पर्ने उल्लेख छ । आयोगले यही व्यवस्थाअनुरुप खर्च विवरण बुझाउन उम्मेदवारहरुलाई आग्रह गरेको हो ।

उम्मेदवारले आयोग वा आयोगले तोकेको कार्यालयमा खर्च विवरण पेश गर्न सक्ने छन् ।

मंसिर १० र २१ गते दुई चरणमा प्रदेशसभामा ३३० र प्रतिनिधिसभामा १६५ स्थानमा प्रत्यक्ष निर्वाचन भएको थियो । प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारले २५ र प्रदेशतर्फका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सिलिङ सरकारले तोकेको थियो । आयोगले खर्च सिलिङ तोके पनि अधिकांश उम्मेदवारले लक्ष्मण रेखा नाघेर खर्च गरेका थिए ।



साभार अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 NEXT

English News



1364282 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top