logo
16 Nov 2018   |   
मनोरञ्जन

पार्टी खोलेर राजनीतिमा आउने रजनीकान्तको घोषणा



मनोरञ्जन   13 पटक पढिएको   १६ पुस, काठमाडौं     
दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन् ।



उनले आफ्नै पार्टी बनाउने र तमिलनाडुमा आगामी मेमा हुने विधानसभा चुनाव लड्ने बताएका हुन् । उनले भने, ‘यो संकटको घडीमा राजनीतिमा आइन भने मेरो लागि लाजमर्दो विषय हुनेछ ।’

तमिलनाडुमा लोकतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनले बताए ।

चर्चित अभिनेता रजनीकान्तले मानिसहरुलाई राजनीतिमा आउन पनि अपील गरे । साथै उनले अब तामिलनाडुको हरेक गाउँ र गल्लीमा पुग्ने बाचा पनि गरेका छन् ।

प्रदेशकी लोकप्रिय मुख्यमन्त्री जयललीताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो । ६७ वर्षीय रजनीकान्तले भनेका छन्, ‘प्रदेशको आगामी विधानसभामा एउटा नयाँ राजनीतिक दल बनाउनु समयको माग हो । हामी २०२१ मा तमिलनाडुका सबै २३४ सिटमा चुनाव लड्छौं ।’

जयललिताको निधनपछि तमिलनाडुको राजनीतिमा एक खालीपन आएको छ । जयललिताको लोकप्रियता यति थियो कि त्यो रिक्तता भाजपा वा कांग्रेसले पूर्ति गर्न सकेनन् । जयललिताको पार्टी एआईएडीएम भने अन्तरिक विवादमा फसेको छ । साभार अनलाईन खबर












1871331 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top