राजनीति


दलहरूबीच समझदारीको वातावरण बनाउँदैछुः प्रचण्ड

राजनीति 118 पटक पढिएको १६ पुस, काठमाडौं प्रकाशित मिति:


दलहरूबीच समझदारीको वातावरण बनाउँदैछुः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

ललितपुरको खुमलटारमा आइतबार विहान आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘दलहरुबीच मिलेर जाने वातावरण बनाउन मेहेनत गरिरहेको छु । कांग्रेस र एमालेसँग छलफल भइरहेको छ । विकासका लागि के सत्तापक्ष के प्रतिपक्ष ?’

अहिले देशमा सुशासन र विकास आवश्यक भएको भन्दै प्रचण्डले त्यसका लागि दलहरुबीच समझदारी हुन आवश्यक भएको बताए ।

सबै दलहरु मिलेर देश निर्माण गर्नुपर्ने भन्दै उनले त्यसका लागिनै आफूले पहल गरिरहेको बताए । ‘सबै दलहरु मिलेर नै देश निर्माण गर्ने हो,’ उनले भने, ‘त्यसो गर्न सकिएन भने नेपालको भविष्य अप्ठेरोमा पर्छ ।’

आफ्नै पहलमा राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अगाडि बढेको भन्दै प्रचण्डले राजनीतिक निकासका लागि सबैसँग मिलेर जानु पर्ने बताए । साभार अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 NEXT

English News



1082750 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top