logo
16 Nov 2018   |   
मनोरञ्जन

के नेपाल आउँदैछिन् कट्रीना ?



मनोरञ्जन   72 पटक पढिएको        
प्रदर्शनरत चलचित्र ‘टाइगर जिन्दा है’की अभिनेत्री कट्रीना कैफ नेपाल आउने भएकी छन् । उनी एक्लै नेपाल आउन लागेकी भने होइनन् । ‘दबंग टुर’का कलाकारसँगै उनी नेपाल आउन लागेकी हुन् ।



भारतीय मिडियाले जनाए अनुसार कट्रीनाले ‘दबंग टुर’ क्लब ज्वाइन गरेकी छन् । अबको ‘दबंग टुर’मा अभिनेत्री कट्रीना पनि साथमा हुनेछिन् । 

युएसए र क्यानाडा, कोलकत्ता, दुबई, नेपाल र साउथ अफ्रिकाको टुरमा पनि सलमान खानसँगे कट्रीना रहनेछिन् । ‘टाइगर जिन्दा है’मा रहेको गीत ‘स्वाग से स्वागत’लाई रुचाइएपछि पब्लिकको डिमाण्ड अनुसार सलमानले कट्रिनालाई टुर अफर गरेका थिए ।

सलमानले अब कट्रीनासँग ‘स्वाग से स्वागत’मा कम्मर समेत मर्काउनेछन् । टुरमा प्रभुदेवा, डेजी शाह , ज्याक्लिन फर्नान्डिज, सोनाक्षी सिन्हा लगायत पनि रहने छन् । कट्रीना नेपाल आउने बारे नेपालका आयोजकले केही बोलेका छैनन् । साभार रातोपाटी












1871188 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top