logo
10 Dec 2018   |   
बिदेश

मुम्बईको भवनमा आगलागी : १४ को मृत्यु, २० भन्दा बढी घाइते



बिदेश   81 पटक पढिएको        
मुम्बईको लोअर परेलको एक भवनमा बिहिबार राती भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । घटनामा २० भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।



घाइतेहरुलाई सायन र केईएम अस्पतालमा भर्ना गरिएको छ । सेनापति वापट मार्गस्थित एक चार तल्ले भवनको तेस्रो तल्लाबाट करिब साढे १२ बजेदेखि आगलागी भएको बताइएको छ ।

कमला मिल्स कम्पाउन्डमा रहेको भवनमा के कारणले आगलागी भयो भन्ने हालसम्म खुल्न सकेको छैन । 

केही मिडियामा उक्त घरमा एउटा बार भएको खबर आए पनि यसको पुष्टि हुन सकेको छैन ।

बिएमसीको डिजास्टर म्यानेजमेन्टको टोली पुगेर त्यहाँ आगलागी नियन्त्रण तथा उद्धारको प्रयार शुरु गरेका थिए । करिब २ बजेर ४५ मिनेट जाँदा आगलागी नियन्त्रणमा आएको थियो ।

आगलागी नियन्त्रण गर्न आठ वटा फायर टेन्डर्स र पाँच दमकल प्रयोग गरिएको थियो ।

घटनाको बेला भवनको तेस्रो तल्लामा करिब ५० जना रहेका थिए । मारिनेमा ११ महिला र ३ पुरुष रहेका छन् । पोष्टमार्टम रिपोर्टका अनुसार धेरैको मृत्यु श्वास फेर्न नसकेर भएको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुःख व्यक्त गरेका छन् । साभार रातोपाटी












2087603 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top