logo
16 Nov 2018   |   
मनोरञ्जन

प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता



मनोरञ्जन   28 पटक पढिएको        
संघर्षरत अवस्थामा बलिउडमा कति सास्ती खेप्नुपर्‍यो रु शक्तिको आडमा निर्देशकरअभिनेताले कसरी स्वार्थ लुट्ने चेष्टा गरे ?



यस सम्बन्धमा अभिनेत्री प्रियंका चोपडाले मनको पोकोपन्तुरो खोलेकी छिन् ।

कहिले हिरोको त कहिले निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता रहेको प्रियंका चोपडाले खुलाएकी छिन् । उनले भनेकी छिन्, ‘गर्लफ्रेन्ड बन्न नसक्दा म धेरै फिल्मबाट निकालिएँ ।’ अतः उक्त भुमिका नायक र निर्देशकमध्येको गर्लफ्रेन्डले पाउने गरेको उनले बताएकी छिन् ।

प्रियंकाले बलिउडमा कास्टिङ काउचको रुप कस्तो हुन्छ भन्ने कुरा पनि उदांगो पारिन् ।

बलिउडमा अभिनेत्रीहरु ठगिएको पनि उनको गुनासो थियो । बलिउडमा महिला र पुरुषबीच पारिश्रमिकबीच निकै भेदभाव रहेको उनको भनाइ छ ।

त्यसो त अहिले प्रियंकाले अन्तर्राष्ट्रिय फेम पाइसकेकी छिन् । उनी त्यस्ती अभिनेत्री हुन्, जो आफ्नै बलबुतोले अहिलेको स्थानसम्म आइपुगेकी ह्न । जबकी उनी आफ्ना समकक्षी जस्तै फिल्मी पृष्टभूमीबाट आएकी होइनन् । उनी यसवर्ष फोब्र्सको सेलिब्रेटी सूचीमा सामेल भएकी छिन् । यस सूचीमा सामेल हुने उनी एक्लो बलिउड अभिनेत्री हुन् ।

साभार अनलाईन खबर













1871216 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top