खेलकुद


ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोनालाई बाटो खुल्यो

खेलकुद 48 पटक पढिएको १३ पुस, काठमाडौं प्रकाशित मिति:


ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोनालाई बाटो खुल्यो

जोस माउरिन्होले एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोनालाई बाटो खुला गरिदिएका छन् ।

क्याटालन क्लब अर्को स्थानान्तरणका क्रममा आफ्नो स्क्वाडलाई बलियो बनाउने उपायहरु खोजिरहँदा छानेको एक विकल्प ग्रिजम्यान थिए । नेयमारले पेरिस सेन्ट जर्मनका लागि क्लब छोडेपछि बार्सिलोना ग्रिजम्यानको निकटमा पुगेको हो ।

तर, त्यसयता एट्लेटिको मड्रिडले स्थानान्तरण प्रतिवन्ध झेलिरहेका कारण ग्रिजम्यानले क्लब छाड्न चाहेनन् र सम्झौता असम्भव भयो । यदि उनी तयार रहेको भए पनि क्याम्प नोउमा उनलाई ल्याउन सजिलो थिएन किनकी म्यानचेस्टर युनाइटेड अघिल्लो समरमा फ्रेन्च खेलाडीलाई ल्याउन निकै इच्छुक थियो । खासमा माउरिन्होभन्दा यूनाइटेड बढि इच्छुक थियो ।

तर, माउरिन्होले आफ्नो टोलीमा ग्रिजम्यानलाई ल्याउन विचारलाई पन पराए तापनि उनी आउने मूल्यमा भने सहमत थिएनन् । जबकि पर्दा पछाडिका अन्य स्टाफहरु यसमा सहमत थिए ।

तर, माउरिन्होले म्यानचेस्टर युनाइटेड ग्रिजम्यानलाई भित्र्याउने प्रतिस्पर्धामा नै सहभागी नहुने बताएका छन् । यो विकासक्रमले ग्रिजम्यानलाई बार्सिलोनले भित्र्याउने सम्भावना प्रबल बनाएको छ ।

त्यसो त बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ असहज परिस्थितिमा छन् किनकी लिभरपुल नेगोसिएट गर्न तयार नभए तापनि फिलिप काउन्टिन्हो पनि विकल्पका रुपमा सोचिएका छन् ।

अहिलेसम्मका नकारात्मक जवाफहरुका बाबजुद बार्सिलोनाले सम्झौताका लागि लगातार प्रयास गरिरहेको छ ।

दुवै खेलाडीहरुको मूल्य कम्तिमा १०० मिलियन यूरो पर्ने अवस्थामा क्लबले कोउटिन्हो र ग्रिजम्यान दुवैलाई अनुबन्ध गराउने सम्भावना भने न्यून छ र एउटा विन्दुमा उसले निर्णय लिनैपर्छ । साभार अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT

English News



1009578 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top