logo
22 Oct 2018   |   
समाज

ट्याङ्करको ठक्करबाट कलाकार विना थापाको मृत्यु



समाज   127 पटक पढिएको   १३ पुस, काठमाडौं     
काठमाडौंमा बुधबार भएको सवारी दुर्घटनामा २७ वर्षीय कलाकार विना थापाको मृत्यु भएको छ ।



बुधबार बत्तीसपुतलीमा बा २ ख ८९४ नम्बरको पानी ट्याङ्करले बा ५५ प १३८७ नम्बरको स्कुटरमा सवार कलाकार थापालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते विनाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गुल्मीको मुसिकोट गाउँपालिका–२ निवासी विना पछिल्लो समय राजधानीमा अभियनमा सक्रिय थिइन् । थिएटर म्युजिक भिडियोमा काम गरेकी विनाले रेखा थापाको रामप्यारीमा अभिनय गरेकी थिइन् । उनले अभिनय गरेको पिँजडा ब्याक अगेन प्रदर्शन हुन बाँकी नै छ । पिरतीको डोरी, दिन बित्योलगायत दर्जनौं गीतमा उनले मोडलिङ गरेकी छिन् ।












1784925 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top