logo
10 Dec 2018   |   
प्रबिधी

क्यानको २४ औ साधारण सभा सम्पन्न



प्रबिधी   17 पटक पढिएको   कलमपाटी     
काठमाण्डौ १० पुस // क्यान को २४ औं वार्षिक साधारणसभाले हेमन्तकुमार चौरसियाको नेतृत्वमा ३८ सदसीय नया“ कार्यसमिति चयन गरको छ । ३३ जिल्लका प्रतिनिधिहरू सहभागी महाधिवेशनले चौरासियालाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरको हो ।



उपाध्यक्षहरूमा  विश्वराम बलामी,सुनैना घिमिरे पाण्डे, रोमकान्त पाण्डे र नवराज कुवर महासचिवमा रञ्जितकुमार पोदार, जिल्ला अन्तर्गतका सचिवमा जगनबहादुर गुरुङ कोषाध्यक्षमा खुसल रेग्मी  र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित भएका छन । केन्द्रीय कार्यसमिति सदस्यहरूको मतदानबाट  सचिवमा पवनकुमार शर्मा र नारायणबहादुर थापा निर्वाचित भएका छन । क्यान महासंघको विधान अनुसार ७ वटा प्रदेसबाट १४ जना केन्द्रीय प्रतिनिधिहरू समेत निर्विरोध निर्वाचित भएका छन् ।

 यस २ नम्बर प्रदेसको सर्लाही बाट भुपाल डी श्रेष्ठ , सिरहा बाट दीपेन्द्रकुमार सिंह केन्द्रीय प्रतिनिधि र रौतहटबाट बाल कृष्ण श्रेष्ठ प्रदेस अध्यक्ष र सरोज न्यौपाने प्रदेस सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।  प्रदेस २ मा धनुषा जिल्लामा  ६७,  रौतहटमा  ५४ , सर्लाहीमा  ४७ र सिरहामा २३ जना  जना क्यानका सदस्यहरु रहेका छन । कार्यसमिति सदस्यहरूमा सदस्यहरूमा रगबहादुर  भण्डारी, सुभास खड्का, रत्नतारा वैद्य, श्रवणकुमार श्रेष्ठ, घनश्याम खनाल, विक्रम श्रेष्ठ, अमित अग्रवाल, डा अभिजित गुप्ता, उमेश रघुवंशी, अस्गर अली, अरुणकुमार वंशल, मधुकुमार अमात्य, विक्रम सिंह, दीपेश प्रधान, प्रशान्तलाल श्रेष्ठ, चिरञ्जीवी अधिकारी, ठाकुरकुमार श्रेष्ठ, दीपेश पाठक, भुपाल डी श्रेष्ठ , दीपेन्द्रकुमार सिंह, श्यामकल श्रेष्ठ, अशोकबाबु राना, ईश्वरप्रसाद पोखरल  भूपेन्द्रसिंह वली , दलबहादुर खड्का, हर्कबहादुर सेटी र प्रेम राज पनेरू निर्वाचित भएका छन ।













2087507 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top