logo
19 Oct 2018   |   
अर्थ / व्यापार

सख्खर उधोगमा सस्तोमा उखु बिक्री



अर्थ / व्यापार   127 पटक पढिएको   कलमपाटी     
रौतहट ६ पुस चिनीमलले गतबर्षहरु कै रकम नदिएपछि धेरै किसानहरुले सख्खर उधोगहरुमा उखू बिक्री गर्दै आएका छन ।



   भुक्तानी दिन बर्षौ लगाउने भएपछि  किसानले नगद नै पाउने लोभमा  सख्खर  उधोगमा सस्तोमा उखु बिक्री गर्दै आएका छन ।

गरुडामा रहेको श्रीराम सुगर मिल्सले गत तीन बर्षको २१ करोड रकम किसान लाइ भुक्तानी गर्न बाकी रहेको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिएका छन ।

पुस ८ गते सम्ममा बाकी रहेको भुक्तानी दिने तालिका सार्वजनिक नगरे मिलमा तालाबन्दी गर्ने निर्णय समेत अध्यक्ष यादवले बताएका छन ।

रौतहटमा १४ हजार भन्दा बढी किसानले  यस बर्ष २५ हजार हेक्टर भन्दा बढी जमिनमा उखु लगाएका छन ।

सख्खर उधोग संचालकले प्रति क्विन्टल ४ सय ५० मा उखु खरिद गर्दै आएका छन ।  गरुडा,समनपुर, दिपही, बिजयपुर, सग्रामपुर , सुन्दरपुर, लगाएतका स्थानहरुमा सख्खर बनाउने दर्जनौ उधोगहरु स्थापना भएका छन ।

सयौ किसानको करोडौ रुपैया चिनी मिलले नदिएका कारण किसानहरु पिडित छन ।












1782567 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top