राजनीति


१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी

राजनीति 123 पटक पढिएको २६ मंसिर, काठमाडौं प्रकाशित मिति:


१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी

प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् ।

त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् ।

अब स्याङजाको क्षेत्र नं. १ र २, कैलालीको क्षेत्र नं। २, सर्लाही–४ र सुनसरी–३ गरी ५ क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये कैलाली २ र सुनसरी–३ मा मतगणना रोकिएको छ । निर्वाचन आयोगका अनुसार, अन्यमा अहिले मतगणना भइरहेको छ । यी क्षेत्रका नतिजा आउने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । साभार अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 NEXT

English News



1084284 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top