logo
21 Oct 2018   |   
राजनीति

यस्तो छ नुवाकोटको पछिल्लो मतगणना अपडेट



राजनीति   127 पटक पढिएको   नुवाकोट २२ मंसिर     
नुवाकोटको दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायम रहेको छ। प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले काँग्रेसका डा. रामशरण महतले भन्दा ८८९ बढी मत पाएका छन् ।



तामाङको ५०९९ र महतको ४२१० मत रहेको छ। 

क्षेत्र नं. २ मा एमालेका नारायणप्रसाद खतिवडा २०२८ मतले काँग्रेसका अर्जुननरसिंह केसी भन्दा अगाडी देखिएका छन्। खतिवडाको ६५१८ र केसीको ३५९० मत रहेको छ ।

प्रदेशसभा अन्तरगत प्रतिनिधिसभा १ को प्रदेश सभा 'क' मा माओवादी केन्द्रका राधिका तामाङ काँग्रेसका महेन्द्र थिङ्ग भन्दा ६१३ मतले अगाडी छिन् तामाङको २२८६ र थिङको १६७३ मत रहेको छ । १ नम्बर प्रदेशसभा 'ख' मा एमालेका बद्री मैनाली काँग्रेसका रमेश महत भन्दा १४४४ मतले अगाडी छन् । मैनालीको ३१८४ र महतको १७४० मत रहेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश सभा क मा एमालेका केशबराज पाण्डे काँग्रेसका जगदीश्वरनरसिंह केसीभन्दा १२६३ मतले अगाडी छन् । पाण्डेको ३३६० र केसीको २१०३ मत रहेको छ । सोही क्षेत्रको प्रदेश सभा 'ख' मा माओवादी केन्द्रका हिरानाथ खतिवडा काँग्रेसका जगतबहादुर तामाङ भन्दा ५६४ मतले अगाडी छन् । खतिवडाको २६३५ र तामाङको २०७१ मत हरेको छ । साभार अन्नपुर्ण












1783972 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top