logo
16 Oct 2018   |   
राजनीति

रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्र विजयी



राजनीति   82 पटक पढिएको   रुकुम पूर्व २२ मंसिर     
रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन्।



संयुक्त वाम गठबन्धनका तर्फबाट उम्मेदवारर बनेका नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ओलीले नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार २ सय ८३ मतले पछि पार्दै जित हात पारेका हुन्।

विजयी ओलीले ५ हजार ४ सय २७ मत ल्याएका छन् भने उनका मुख्य प्रतिस्पर्धी रहेका कांग्रेसका उम्मेदवार पुनले २ हजार १ सय ४४ मत ल्याएका छन्। तस्तै ८ सय ५१ मत ल्याएर नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार राखिमान घर्ती तेस्रो स्थानमा रहेका छन् भने ५९ मत ल्यएर राष्ट्रिय जनमोर्चा नेपालका उम्मेदवार अनराम पुन चौथो स्थानमा रहेका छन्। रुकुम पूर्वको प्रदेश सभा ‘कु बाट चार जना उम्मेदवारहरु चुनावी मैदानमा थिए।

नेकपा माओवादी केन्द्र रुकुम पूर्वका इन्चार्ज रहेका ओली पूर्व जनमुक्ती सेनाका तेस्रो डिभिजन कमाण्डर हुन्। ओली पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा भिडेका हुन्। उनी माओवादी केन्द्रका क्रियाशील र प्रभावशाली युवा नेता समेत मानिन्छन्। 

कुल १३ हजार ९ सय ३ मतदाता रहेको रुकुम पूर्व प्रदेश सभा ‘कु मा ८ हजार ८ सय ६१ मत खसेको थियो। यसमध्ये ८ हजार ४ सय ८४ मत सदर भएको छ भने बाँकी ३ सय ७७ बदर भएको छ।

रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यको गणना भने यसअघि नै सम्पन्न भैसकेको छ जसमा संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी महिला नेतृ तथा पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोका विजयी भइसकेकी छिन्। प्रदेश सभा ‘खु को मतगनणा जारी रहेको र आजै अपराह्न सम्ममा ‘खु को पनि मत परिणाम आइसक्ने मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए।












1778228 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top