logo
19 Oct 2018   |   
खेलकुद

बालोन डि’ओर अवार्ड रोनाल्डोलाई, मेस्सीसँग बराबरी



खेलकुद   31 पटक पढिएको   २२ मंसिर, काठमाडौं     
स्पेनिस जायन्ट रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले पाँचौं पटक बालोन डि’ओर अवार्ड जितेका छन् ।



लगातार दोस्रो पटक यस उपाधि जितेका रोनाल्डोले प्रतिस्पर्धी क्लव बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरीसमेत गरेका छन् ।

३२ वर्षीय स्ट्राइकर रोनाल्डोको अहम् प्रदर्शनले अघिल्लो सिजन रियल मड्रिडले घरेलु लिग ला लिगा साथै युरोपियन क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यसक्रममा उनले ४२ गोल गरेका थिए ।

बालोन डि’ओर अवार्ड फ्रान्सेली फुटबल संघले हरेक वर्ष प्रदान गर्छ । सन् २०१६ अघिसम्म फिफा र फ्रान्सेली फुटबलले संयुक्त रुपमा यस अवार्ड प्रदान गर्थे ।

अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै रोनाल्डोले भने कि ‘यस्तो उपलब्धी म हरेक वर्ष हासिल गर्न चाहन्छु ।’

‘रियल मड्रिडका टिममेटलाई धेरै धन्यबाद र मलाई यस स्तरमा पुर्‍याउन सहयोग गर्ने हरेकलाई धन्यबाद ।’ उनले भने ।

साभार अनलाईन खबर












1782543 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top