राजनीति


रौतहटमा ६८ प्रतिशत मत खस्यो , मतदाता भन्छन बिकास गर्ने नेताले जितुन

राजनीति 13 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


रौतहटमा ६८ प्रतिशत मत खस्यो , मतदाता भन्छन बिकास गर्ने नेताले जितुन

रौतहट २१ मंसीर// प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा रौतहटमा ६८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले प्रारम्भिक रुपमा जानकारी दिएको छ ।

रौतहटमा ४ सय ४९ मतदान स्थलहरु छन । चार वटा क्षेत्रमा प्रतिनिधी सभाको बिभिन्न दल र स्वतन्त्र गरी ९१ जनाले उम्म्ेदवारी दिएका छन । ८ वटा प्रदेश सभाको सदस्यका लागी लागी १ सय ४४ जना ले उम्मेदवरी दिएको छन ।

शान्तिपुर्ण ढग बाट मतदान सकिएको जिल्ल निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले जानकारी दिएका छन ।मतदान सकिएपछि मतपेटीकाहरु बिशेष सुरक्षा दिएर सदरमुकाम लैजाने काम भैरहेको छ ।

 रौतहटको ४ वटै क्षेत्रको मत गणना गौर स्थित जुद्ध उमाविमा गरीने तयारी भैरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा तीन लाख २९ हजार ८ सय ६१ जना मतदाताहरु रहेका छन ।

रौतहटका बिभिन्न मतदान केन्द्रमा मत दिएर फर्किएका मतदाताहरुले बिकास गर्ने नेताको आवस्यक रहेको बताएका छन ।भोज खाएर पैसा लिएर भोट दिन नहुने समेत उनीहरुको भनाइ छ । 

भोज खाएर भोट दिएका कारण बिकासमा पछि परेको , जातपातका आधारमा मत दिन नहुने मतदाताहरुको भनाइ  छ । मधेशका धेरै मतदाता जात , नातामा भुलेकाले पनि समस्या भएको उनीहरु बताउछन ।

मधेश आन्दोलनमा पिडित भएकाहरुलाइ अवसर दिनु भन्दा पनि व्यक्तिगत फाइदामा नेताहरु लागेको आरोप समेत मतदाताहरुले लगाएका छन ।

संबिधान निर्माण भएपनि कानुनहरु  बनाउन बाकी रहेको र ति काम जितेर भएका संसदहरुको महत्वपुर्ण भुमिका रहनुपर्ने ,मधेश आन्दोलन कति दिन सम्म गर्ने अव जीतेर जाने प्रतिनिधीहरुले मधेशको सवै समस्या समाधान गर्न समेत मतदाताहरुले आग्रह गरेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

English News



680537 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top