राजनीति


मतदान गरेपछि ओलीले भने- चुनाव टार्ने प्रधानमन्त्रीका सबै प्रयास असफल भए

राजनीति 11 पटक पढिएको २१ मंसिर, काठमाडौं प्रकाशित मिति:


मतदान गरेपछि ओलीले भने- चुनाव टार्ने प्रधानमन्त्रीका सबै प्रयास असफल भए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका सबै प्रयासहरु असफल भएको टिप्पणी गरेका छन् ।

भक्तपुर क्षेत्र नम्बर २ को बालकोटबाट मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री देउवाले चुनाव सार्न हरसम्भव प्रयास गरेको आरोप लगाए ।

ओलीले भने- उहाँका प्रयासहरु असफल भए । उहाँले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो । त्यो समस्या लिएर अदालतमा पठाउने लगायतका तमासा पनि गर्नुभयो, तर हामीले चुनाव बाहेक अरु कुरामा ध्यान दिएनौं ।

ओलीले चु्नावको बेला सयौं ठाउँमा बम पड्काएर व्यक्तिको हत्या तथा उम्मेदवार घाइते हुँदा पनि सरकारले बम कसले हानेको हो भनेर अहिलेसम्म भन्न नसकेको बताए । उनले भने- चुनाव भाँड्नकै लागि बमकाण्डको रचना भएको आशंका छ । सयौं बम पड्किए तर सरकार कसले बम पड्कायो भन्न सक्दैन, दोषी को हो सरकार भन्दैन ।

ओलीले चुनाव सम्पन्न भइसकेकाले अब देश राजनीतिक स्थिरताको बाटोमा अघि बढ्ने दावी गरे । एमाले एक्लैले सामान्य बहुमत ल्याउने अवस्था थियो भन्दै ओलीले माओवादी र एमाले मिलेपछि दुई तिहाई नै आउने अवस्था भएको ओलीले बताए । साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

English News



678167 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top