logo
16 Nov 2018   |   
राजनीति

सप्तरीको महादेवामा मत खसेन



राजनीति   127 पटक पढिएको   २१ मंसिर, सप्तरी     
सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् ।



मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु बिहानैदेखि यहाँ तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न नआएको उनले बताए । यो मतदान केन्द्रमा ९ सय ६० मतदाता छन् ।

स्थानीय मतदाता रामचरित्र मण्डलले यत्रो दिन मत खसाले पनि जितेकाहरुले कुनै चासो नलिएको र गाउँको विकासमा ध्यान नदिएकाले यसपटक मतदान नगरेको बताए । उनले पुरै गाउँलेको निर्णयमा कसैले पनि मतदान नगरेको सुनाए ।

यसअघि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको गाउँ त्रिकौलमा पनि कसैले मतदान गरेका थिएनन् । यो महादेवा गाउँमा सिके राउतको घर छ । साभार अनलाईन खबर












1871049 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top