राजनीति


अब संक्रमणकालको अन्त्य हुन्छ : थापा

राजनीति 25 पटक पढिएको हेटौंडा २१ मंसिर प्रकाशित मिति:


अब संक्रमणकालको अन्त्य हुन्छ : थापा

राप्रपा नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा मकवानपुर १ का उम्मेदवार कमल थापाले यो निर्वाचनले संक्रमणकालको अन्त्य गर्दै देश विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

हेटौंडा ६ स्थित बंशगोपाल उच्च मावि मतदान केन्द्रमा बिहीबार बिहान ७ः४५ बजे मतदान गर्दै उनले भने,‘लामो समयदेखिको द्वन्द्व र संक्रमण अन्त्य गर्दै देश विकासको अनुकूल वातावरण बन्नेमा म विश्वस्त छु ।’

उनले राजनीतिक परिवर्तनलाई टिकाउन आर्थिक परिवर्तन आवश्य रहेको भन्दै त्यसतर्फ सबै राजनीतिक दलहरुको ध्यान जानुपर्ने बताए । थापाले आम मतदाताहरुलाई निर्धक्क भएर आफ्नो मतदाधिकार प्रयोग गर्न पनि अनुरोध गरेका छन् ।

मकवानपुरको ३ सय २४ मतदान केन्द्रमा शान्तिपुर्ण मतदान भइरहेको निर्वाचन अधिकृतहरुको कार्यालयले जनाएको छ । मतदान केन्द्रहरुमा बिहानैदेखि मतदाताहरुको भीड रहेको छ । दुई प्रतिनिधि र चार प्रदेशसभा सदस्यको लागि मकवानपुरका २ लाख ५५ हजार ६ सय ४ जना मतदाताले मतदान गर्न पाउनेछन् । साभार अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


English News



678201 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top