logo
12 Dec 2018   |   
समाज

श्रीमान श्रीमती दुवैको नाममा सयुक्त जग्गाधनी पुर्जा



समाज   13 पटक पढिएको        
रौतहट १९ मंसीर // रौतहट जिल्लाको गुजरा नगरपालिका वाड न. ९ सिमरा भवानिपुर मा सयुक्त पुर्जा बनाएकाहरु लाइ सम्मान गरीएको छ ।



“आधा पुरुष आधा नारी जमिनमा हक बाराबरी” मुल नाराका साथ अन्र्तराष्ट्रिय महिला हिंसा बिरुद १६ दिने अभियानको अवसरमा जमिनमा महिला अधिकार बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम  समेत गरीएको छ ।

 कार्यक्रमका अध्यक्षता भुमि अधिकार  मंञ्च रौतहटका उपा अध्यक्ष फुलमति कुशवारले गरेकी थिइन ।

 प्रमुख अतिथि गुजरा नगरपालिकाको नवनिर्वाचित उप मेयर रौशन खातुन रहेकी छिन ।

कार्यक्रममा भुमि अधिकार मंञ्चले जमिनमा पनि महिलाको समान अधिकार हुनु पर्छ भने उदेश्यले संयुतm पुर्जा बनाउन अभियान थालेको मन्चका अध्यक्ष अनुप माझी मुसहरले जानकारी दिएका छन ।

मंगलवार  १८ जोडी  संयुतm पुर्जा बनाएका हरुलाई दोसाला ओढाएर सम्मान गरीएको हो ।

 राजहरण चौधरीले आफनो नाममा रहेका जमिन श्रीमती मिरा देवी चौधरीको नाममा पनि दर्ता गरेका हुन । संयुतm पुर्जा बनाएपछि मिरा देवी चौधरीले आफु पनि जमिनको मालिक भएको भन्दै खुशी ब्यतm गरिन । 

यस्तै सिमरा भवानिपुरका किशोरी राम र रामबती ले पनि आफनो नाममा रहेका जमिनको संयुतm पुर्जा बनाए श्रीमतीलाई पनि आफु सरहको अधिकार दिन संयुतm जग्गा धनि पुर्जा बनाएको किशोरी रामले बताए । 

सम्पतीमा समान अधिकार हुने श्रीमान श्रीमती दुबैको हक हुदा घरायसी झैझगडा कम हुने महिला पिडित हुनु नपर्ने उनिहरुको अनुभव छ । 

श्रीमान श्रीमतीको नाममा संयुतm पुर्जा बनाउनको लागी एक सय रुपैया मात्र शुल्क तोकेको छ । गरिबी र सुकुम्बासीको संख्यामा कमी ल्याउन र महिला लाई जमिनको मालिक बनाउन उद्देशयले संयुतm पुर्जा अभियान संचालन गर्दै आएका जिल्ला मंञ्च रौतहटका संयोजक अनुप माझी मुसहरको भनाइ छ ।













2115854 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top