पुल बनाइदेउ, भोट लैजाउ
समाज


पुल बनाइदेउ, भोट लैजाउ

समाज 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



   पुल बनाइदेउ, भोट लैजाउ

रौतहट १९ मंसीर // रौतहटको दुर्गाभगवती गाउपालिका स्थित बागमती नदीको बडहर्वा घाटको बर्षौदेखीको अलपत्र पुल बनाइदिने लाइ भोट दिने बताएका छन ।

 दुर्गाभगबती गाउपालिका वार्ड नं. ५ को बागमती नदीमा पुल बनाइदिने उम्मेदवारलाइ भोट दिने बसितका अधिकाश मतदाताहरुको भनाइ छ ।

दैनिक डुंगाबाट ओहोरदोहोर गर्न बाध्य बडहर्वाबासीले गाउमा भोट माग्न आएका उम्मेवारहरुसंग ८ बर्ष देखि अलपत्र रहेको पुल चाडो भन्दा चाडो निमार्ण गर्न माग गर्दै आएका छन ।

वागमतीनदीको बडहर्वाघाटमा निर्माणाधिन हुलाकी राजमार्गको पुल ८ बर्ष देखि अलपत्र छ । सो गाउका मतदाताहरुले  जुन चुनाव आएपनि पुल बनाइ दिने आश्वासन मात्रै पाउने गरेको गुनासो गरेका छन ।

 बडहर्वाटोलमा साढे तीनसय भन्दा बढी घरपरीवारको बसोवास रहेको छ । पुल नहुदा धेरै पििडत बन्नु परेको उनीहरु बताउछन ।

 ठेकेदारले ४ बर्ष अघि देखि काम छाडेको हो । १९ वटा पिलर निमार्ण गरेपछि निमार्ण कम्पनीले पुर्णरुपमा काम छाडेको छ ।  २०६७ जेठ ३१ गते ठेक्का सम्झौता भएको सो पुल २०७० जेष्ठ ३० गते निर्माण सम्पन्न गर्नु पर्ने थियो । ३५ करोड ८९ लाखको लागतमा सो स्थानमा पुल बन्न लागेको थियो । ६ सय ३३ मिटर लामो र ८ मीटर चौडाईको छ । 

 उक्त घाटमा दुइवटा डुगा संचालनमा छ । राति नदीमा डुगा नचल्नेहुदा बिरामी तथा सुत्केरीबेथा लाग्दा धेरै समस्या हुने गरेको गाउलेको दुखेसो छ ।

 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 NEXT

English News



1693075 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top