खेलकुद


रोनाल्डोसँग मित्रता हुँदैन : मेसी

खेलकुद 16 पटक पढिएको प्रकाशित मिति:


रोनाल्डोसँग मित्रता हुँदैन : मेसी

अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध नरहेको खुलासा गरेका छन् ।

स्पेनिस क्लब बार्सिलोनाका प्लेमेकर मेसीले दुवैजना एउटै क्षेत्रमा सक्रिय रहे पनि मित्रवत सम्बन्ध भने नरहेको बताए । एक स्पेनिस अनलाइनसँग गरेको कुराकानीमा मेसीले भविष्यमा पनि दुईबीच सुमधुर सम्बन्ध स्थापित हुनेमा आशंका व्यक्त गरे ।

‘मलाई लाग्दैन कि म रोनाल्डोको साथी बन्न सक्छु । साथी एकअर्काबीच सुमधुर सम्बन्ध भएपछि बनिन्छ । जति धेरै सँगै बस्यो त्यति धेरै सम्बन्ध प्रगाढ हुन्छ’, ३० वर्षीय स्ट्राइकर मेसीले स्पेनिस अनलाइन मार्कासँग भने, ‘हामीबीच केही नाता छैन । सम्बन्ध पनि छैन । किनभने हामी कुनै समारोहमा एकछिन भेट्छौं । सामान्य भलाकुसारी मात्रै गर्छौं । त्यसैले हामी साथी बन्नै सक्तैनौं ।’

मेसी र पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोबीचको तिक्तता विश्वभरका सञ्चारमाध्यमका लागि मसला बन्दै आएका छन् । बार्सिलोना र रियल म्याड्रिडका समकालीन दुई स्ट्राइकरबीच मैदानभित्र र मैदानबाहिर पनि तीव्र प्रतिस्पर्धा हुँदै आएको छ । कहिले क्लबमा अनुबन्ध हुने रकममा होडबाजी चल्छ भने कहिले मैदानभित्र कसले बढी गोल गर्ने भन्ने प्रतिस्पर्धा हुन्छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने बालोन डी ओर अवार्ड र सर्व श्रेष्ठ फुटबलर लगायतका पुरस्कारमा पनि मुख्य रूपमा यी दुई खेलाडीबीच प्रतिस्पर्धा हुँदै आएको छ । मैदानभित्र कहिले मेसीले रोनाल्डोलाई पछार्छन् भने कहिले रोनाल्डोले बाजी मार्छन् । केही समयअघि मात्र रियल म्याड्रिडका स्टार ३२ वर्षीय रोनाल्डोले मेसीलाई पछि पार्दै वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते भने मेसीले पनि गत साता गोल्डेज सु अवार्डमा रोनाल्डोलाई जिल्ल्याए ।



साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT

English News



678186 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top