logo
16 Oct 2018   |   
समाज

कांग्रेस उम्मेदवार प्रदीप पौडेलको घरमा बम बिस्फोट



समाज   127 पटक पढिएको   तनहुँ १६ मंसिर     
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रदेश सभा क तर्फका उम्मेदवार प्रदीप पौडेलको घरमा बम बिस्फोट भएको छ । आज बिहान ५ बजे बम बिस्फोट भएको हो ।



शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ गणपतेस्थित प्रदिप पौडेलको घरको आगनमा बम बिस्फोट गराइएको छ । बिस्फोटबाट  मानबिय क्षति नभएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

घटनास्थलमा प्लास्टिक, कागज र फलामका टुक्राहरु भेटिएको प्रहरीले जनाएको छ ।

बम बिस्फोटको घटनामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

कार्यकर्तालाइ आग्रह 

काङ्ग्रेसका क्षेत्रीय सभापति किसान गुरुङले काङ्ग्रेसको पक्षमा जनलहर उर्लेको देखेर केही तत्वहरुले सुनियोजित ढंगबाट तर्साउन गरेको भन्दै निर्वाचनमा कोहि पनि नआत्तिकन निर्वाचनमा सहभागी हुन कार्यकर्तालाइ आग्रह गरेका छन् । 



साभार : रातोपाटी












1777170 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top