समाज


विप्लवका दुई कार्यकर्ता पक्राउ

समाज 54 पटक पढिएको धरान १६ मंसिर प्रकाशित मिति:


विप्लवका दुई कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता धरानबाट पक्राउ परेका छन्।

निर्वाचन विरोधी गतिविधिमा संलग्न भई बम विष्फोटनका घटना घटाएको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ देउरालीमा छापामारी शुक्रवार राति विप्लवका दुई जना कार्यकर्तालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान-५ देउराली बस्ने पूर्ण विक र भीम विक रहेका छन्। प्रहरीले दुबै जनालाई घरबाटै पक्राउ गरेको हो।

दुबै जना धरान नगरस्तरका कार्यकर्ता रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए। उनका अनुसार पक्राउ परेका दुबै जनालाई सार्बजनिक अपराध ऐन अन्र्तगत मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अगाडि बढाइने छ। निर्वाचन विरोधी गतिविधिमा उत्रिएका चन्दका कार्यकर्ताले सुनसरीको धरान र इटहरीमा बम विष्फोट गराएको प्रहरीको दावी छ। साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 NEXT

English News



680501 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top