logo
15 Oct 2018   |   
समाज

कृषक दम्पतीको हत्या



समाज   127 पटक पढिएको   बारा १६ मंसिर     
जितपुरसीमरा उपमहानगरपालिका-३ बजनी र रामवानकोबीच गाउँमा एक दम्पतीको हत्या भएको छ ।



गाईपालन गर्दै आएका कृषक दम्पतीको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय सीमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार ३५ वर्षीय दीपक सुवेदी र उनकी ३० वर्षीय श्रीमती दीपा सुवेदीको हत्या भएको हो । 

दीपकको शब घरभित्र र दीपाको शव घरबहिर ४० मिटर पर भेटिएको प्रहरीले जनाएको छ । लुटेराको समूहले लुटेर हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

दम्पतीको एक छोरा र छोरी छन् । सधैँ परिवार गाईफर्ममै बस्ने गरेपनि हिजो छोराछोरी घरमा सुतेका थिए । घर गाईफार्मको नजिकै छ ।  साभार : अन्नपुर्ण












1774096 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top