logo
19 Nov 2018   |   
मनोरञ्जन

अष्ट्रेलियामा साम्राज्ञीको रेड हट अवतार



मनोरञ्जन   34 पटक पढिएको        
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला अष्ट्रेलियामा छिन् । स्वदेशमा राम्रै चलेको उनको पछिल्लो चलचित्र ‘ए मेरो हजुर २’ प्रिमियरका लागि उनी अष्ट्रेलिया पुगेकी हुन् ।



यतिबेला, चलचित्रभन्दा पनि अभिनेत्री साम्राज्ञीले रेड कार्पेट प्रिमियमा लगाएको पहिरनको राम्रै चर्चा भइरहेको छ । रातो पारदर्शी पहिरनमा रेड कार्पेटमा देखिएकी सामाग्री निकै हट देखिएकी छन् ।

उक्त कार्यक्रमको केही तस्बिर सामाजिक संजालबाट पनि बाहिर आएका छन् । तस्बिर हेर्ने धेरैले उनको यो रुपलाई ‘हट’ भनेर कमेन्ट गरेका छन् ।

साम्राज्ञी भुवन केसीको ‘ड्रिम’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । ए मेरो हजुर दुई उनको दोस्रो चलचित्र हो । उनको अर्को चलचित्र ‘तिमीसँग’ पनि प्रदर्शनको तयारीमा छ । 

अष्ट्रेलियाको यो प्रिमिएरमा साम्राज्ञीसँगै अभिनेत्री झरना पनि पुगेकी थिइन् । सो कार्यक्रममा झरनाको निर्देशककीय क्षमता दुवैको तारिफ भयो । 

झरनाकै पति सुनिलकुमार थापाद्वारा निर्मित चलचित्रमा साम्राज्ञीको अलवा सलिनमान बाँनिया, सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको समेत अभिनय रहेको थियो ।

अष्ट्रेलियामा इभेन्ट सिनेमाको आयोजना गरिएको चलचित्रको प्रिमियरमा दर्शकले चलचित्र मन पराएको निर्देशक झरनाले जानकारी दिइन् ।  साभार : रातोपाटी












1898988 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top