logo
19 Dec 2018   |   
अनौठो संसार

यी हुन् अचम्मकी डाक्टर, जो नांगै भएर विरामीको उपचार गर्छिन्



अनौठो संसार   88 पटक पढिएको        
भनिन्छ, डाक्टरसँग हरेक रोगको औषधि हुन्छ । यदि सही समयमा रोग डाक्टरले पत्ता लगायो भने धेरैजसो रोगीले रोगबाट छुटकारा पाउँछन् ।



औषधि खुवाएर बिरामीलाई निको पारिदिने डाक्टर त सबै हुन्छन् । तर यो दुनियाँमा एकजना यस्ता डाक्टर पनि रहेछिन् जसलाई हेर्दैमा धेरै बिरामीको बिसञ्चो निको हुन्छ ।

सुन्दैमा अपत्यारिलो तथा अनौठो लाग्छ । तर अमेरिकी डाक्टर सराह ह्वाइटले आफ्नो जिउको दर्शन दिएरै धेरै बिरामीलाई निको पारिदिन्छिन् ।

२४ वर्षकी यी मनोचिकित्सक निर्वस्त्र भएर विरामीको उपचार गर्छिन् । उनकोमा परामर्श तथा उपचारका लागि आउने मनोरोगीहरुका अगाडि उनी निर्वस्त्र हुन्छिन् । बिरामीसँग निकै खुल्ला भएर कुराकानी गरिसकेपछि उनले मनोरोगीका सबै समस्याको पहिचान गर्छिन् र त्यसको सही उपचार पहिल्याउँछिन् ।

अमेरिकाको न्युयोर्ककी यी मनोचिकित्सककोमा उपचार गर्नका लागि बिरामीको घुइँचो नै लाग्दछ ।

तर खासमा उनले बिरामीलाई कुनै अस्पतालको कोठामा लगेर उसका अगाडि नांगै भएर उपचार गर्ने चाहीँ होइनन् । उनले अनलाइन मार्फत परामर्श दिन्छिन् र वेबक्याममा निर्वस्त्र हुन्छिन् ।

आफुले विश्वका महान चिकित्सक फ्राइडको सिद्धान्त अनुरुप उपचार गरिरहेको उनको दाबी छ । यस थेरापी अनुसार पुरुषको यौन कुण्ठालाई बाहिर निकालिन्छ । यसबाट पुरुषले आफ्नो मनभित्र दबेका इच्छाहरु बाहिर निकाल्न सक्दछ ।

खासगरी पोर्नको कुलतमा फसेका पुरुष मनोरोगीहरुको उपचारमा उनको यो तरिका निकै प्रभावकारी हुने गरेको छ ।





साभार : अनलाईन खबर












2177476 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top