मनोरञ्जन


‘मंसिर’ लागेपछि बिहे गर्न मन लाग्छ’: बर्षा राउत

मनोरञ्जन 30 पटक पढिएको प्रकाशित मिति:


‘मंसिर’ लागेपछि बिहे गर्न मन लाग्छ’: बर्षा राउत

मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । यो महिनामा धेरै सम्बन्धहरु जोडिएका हुन्छन् ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका बर्षा राउतलाई पनि मंसिर महिना लागेपछि बेहुली बन्न मन लाग्छ । तर, पौष लागेपछि भने उनको चाहना यसै हराएर जान्छ । बर्षाले अनलाइनखबरसँग भनिन्(‘मलाई प्राय मंसिर महिना लागेपछि कस्तो बिहे गरौ गरौ हुन्छ । तर, पौष लाग्छ, अनी भो गर्दिनँ भन्ने सोच आउँछ ।’

केही समय अगाडि पारिवारिक जमघटमा बर्षाको बिहेको कुरा पनि निस्किएको थियो । तर, बषरको बुबाले केही बर्ष छोरीको बिहे नगर्ने भनेपछि यसै कुरा सेलायो ।

बर्षा कलाकार संजोग कोइरालाको प्रेममा छिन् । उनी र संजोगविच बिहेको बिषयमा कुरा ननिस्किएको होइन । बर्षालाई बिहेले करिअरलाई असर गर्छ भन्ने लाग्दैन । उनी भन्छिन्(‘यदि, आफ्नो परिवार सपोर्ट गर्ने खालको छ भने केही पनि असर गर्दैन । तर, बिहेपछि बुहारीले चलचित्र किन खेल्नु भन्ने खालको परिवार भयो भने गाह्रो हुन्छ ।’

यो बिषयमा श्रीमान् पनि वुझ्ने खालको हुनुपर्ने उनको धारणा छ । अर्को, नायकसँग चलचित्रमा काम गर्दा त्यसलाई कामकै रुपमा लिने श्रीमान् र परिवार परेको खण्डमा करिअर अगाडि बढाउन सकिने उनले बताइन् ।

उनले भनिन्-‘तर, बिहेपछि करिअर वा श्रीमान्मध्ये एकलाई छाड्नुपर्ने अवस्था आयो भने करिअर नै छाड्छु ।’ बर्षाका प्रेमी संजोगका पिता आफैमा निर्माता हुन् । संजोगकी आमा पनि चलचित्र क्षेत्रबारे धेरै जानकार छिन् । बर्षाले अनलाइनखबरसँग भनिन्-‘केही समय अगाडि संजोगको ममीसँग कुरा भएको थियो । उहाँले आफूले पनि निर्मातासँग नै बिहे गरेको भन्दै चलचित्र खेल्ने कुरामा असहमती जनाउनु भएन । मलाई सहज हुन्छ भन्ने नै लाग्छ ।’

तपाइलाई कस्तो बिहे गर्न मनलाग्छ रु बर्षाले भनिन्-‘मलाई साधारण बिहे गर्न मनलाग्छ । किन, धेरै पैसा खर्च गरेर बिहे गर्नु र होइन रु ठूलो पार्टी गर्दा मन नपर्ने मान्छेलाई पनि बोलाउनपर्छ । सामान्य बिहे गर्नुपर्छ भन्ने सोचमा छु म । तर, दुई परिवारको कुरामा पनि कस्तो बिहे गर्ने भन्ने भरपर्छ ।’

बिहेपछि श्रीमान्ले हनिमुनका लागि कहाँ लैजाओस् भन्ने लागेको छ त यी सुन्दरीलाई रु बर्षाले भनिन्-‘त्यस्तो त मैले केही पनि सोचेकी छैन । तर, मलाई श्रीमान्ले ग्रिस लिएर जाओस् भन्ने लागेको छ ।’

चलचित्र वा म्यूजिक भिडियोमा बर्षा धेरैपटक लेहेङ्गा लगाएर बेहुली बनेकी छिन् । तर, उनलाई भने आफ्नो बिहेमा ‘बनारसी सारी’ लगाएर बेहुलीको घुम्टो ओड्न मन छ । सामान्य गहना लगाउन मन छ ।

अब, बिहे कहिले हुन्छ त भन्ने प्रश्नमा हाँस्दै बर्षाले भनिन्(‘त्यो त थाहा छैन । तर, २-३ बर्ष पनि लाग्न सक्छ, तत्काल हुन नी सक्छ । वुझ्नुभयो नि मेरो इशारा ।’




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT

English News



678842 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top