logo
19 Nov 2018   |   
अर्थ / व्यापार

पूर्व अर्थ मन्त्री पाण्डेको पहलमा उन्नत गाइ पालन सम्वन्धी अध्ययन



अर्थ / व्यापार   66 पटक पढिएको   कलमपाटी     
चितवन, १२ मंसिर // भारतको प्रख्यात दुग्ध उत्पादक व्राण्ड अमुलले नेपालमा उन्नत गाइ पालन गरेर दुध उत्पादन गर्न सकिने विषयमा अध्ययन सुरु गरेको छ ।



व्यवसायिक रुपमा दुग्ध उत्पादन गरी त्यसलाई राम्रो आय गर्न सकिने भन्दै धेरै दुध दिने जातको गाइ पालनको लागि कसरी सहयोग गर्न सकिने भन्ने वारेमा छलफल गरेको छ । चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेको पहलमा नेपाल आएका प्रतिनिधिले पूर्वी चितवनको रत्ननगरमा व्यवसायिक किसानहरुसंग छलफल गरेको हो ।

निर्वाहमुखी पशु पालनले व्यवसायिकता लिन नसक्ने भन्दै प्रसस्त आम्दानी गर्न सकिने पशु पालन गर्नु पर्ने विषयमा छलफल भएको हो । गाइ पालनका लागि चितवन जिल्ला उर्वर भूमि भएकाले यहाँका किसानलाई एक दिनमा ६० लिटर सम्म दुध दिने गाय पाल्न सकिने विषयमा अध्ययन थालेको हो । अमुल व्राण्ड साउथ एसीया फाउण्डेशनका सचिव राहुल वरुणाले उन्नत गाइ पालन गर्ने किसान तयार भए त्यसको लागि सहयोग गर्न सकिने बताउनु भयो । दैनिक १० देखि २० लिटर दुध दिने गाइ होइन अव ६० लिटर दुध दिने गाइ पाल्न सकिन्छ ।

धेरै दुध पाल्ने र दुध प्रसोधन गरी विभिन्न परिकारहरु बजारमा लान सकिने उनले बताए । त्यसको लागि यहाँको सरकारी निकाय, दुग्ध सहकारीहरु, व्यवसायिक पशु पालन किसानहरु संगको छलफल पछि एउटा नीति लिन सकिने बताए । स्थायी सरकार भएमा काम गर्न सकिने बताएका छन ।

छलफल कार्यक्रममा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले अव निर्वाह मुखि पेशाबाट व्यवसायिक कर्म गर्नु पर्ने बताए ।

 चितवन कृषिको लागि उपयुक्त स्थान भएकालेअहिले सञ्चालन भइरहेका पशु पालनलाई माथि उकासेर व्यवसायिक गर्नु आवश्यक छ । त्यसको लागि स्थायी सरकारले काम गर्न सक्दछ । देश र जनताको पक्षमा रहेर सहयोग गर्ने भए यहाँको किसानको जीवन स्तर माथि उकास्नको लागि आफ्नो पहल कदमी हुने जानकारी दिए ।

 छलफलमा सचिव वरुणाले मिलेर काम गर्न तयार भएको भन्दै मिल प्रोसेसिङ्गको लागि आफ्नो ग्यारेन्टी भएको बताएका छन ।

छलफलमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्रवहादुर खड्का, किसान भागिरथ तिमल्सिना, आनन्द न्यूरे लगायतले सकरात्मक कामको लागि सहयोग गर्ने जानकारी दिए ।

 भारतीय टोली नेता पाण्डेको पहलमा उन्नत गाइ पालनको विषयमा अध्ययन गरी लगानी गर्न चितवन आएको थियो ।

 













1899046 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top