logo
19 Nov 2018   |   
मनोरञ्जन

प्रियंकापछि एमीको हलिउड फड्को



मनोरञ्जन   65 पटक पढिएको        
प्रियंका चोपडा पछि अभिनेत्री एमी ज्याक्सन पनि हलिउड अभिनयमा डेब्यु गर्दैछिन् । उनले पनि प्रियंकाझै अमेरिकन टिभी शो मार्फत हलिउड डेब्यु गर्न लागेकी हुन् ।



हलिउडको चर्चित टिभी सो ‘सुपर गर्ल’को तेस्रो सिजमा उनी देखिन लागेको फोर्स म्यागजिनले उल्लेख गरेको । यो सोमा उनले इमरा आर्दीकाको भूमिका निर्बाह गर्दैछिन् । जसको पुष्टी उनले एक ट्वीट मार्फत समेत गरेकी छन् ।

एमी ब्रिटेनी मोडल पनि हुन् । २००९ मा उनको ब्रिटेनमा निकै चर्चा थियो । मोडलिङ एजेन्सी मार्फत नै बलिउड निर्माताले उनलाई भारत निम्त्याएका थिए ।

२०१२ मा उनले पहिलो भारतीय चलचित्र ‘दिवाना’ अभिनय गरिन् । तर यो चलचित्रले बक्स अफिसमा धमाल मच्चाउन सकेन । उनी चलचित्रमा प्रतीक बब्बरको अपोजिट भुमिकामा थिइन् । त्यसपछि केही चलचित्र अभिनय गरेकी एमीको २०१५मा सार्वजनिक चलचित्र ‘सिंह इज ब्लिङ’ हिट भयो ।  यस चलचित्रमा उनी अभिनेता अक्षय कुमारकी हिरोइन बनेकी थिइन् ।

उनको आउँदो चलचित्र २।० हो । यो चलचित्रमा उनी सुपरस्टार रजनीकान्तका साथ देखिदै छिन् । यस चलचित्रलाई बलिउडकै महँगो चलचित्र भनेर समेत प्रचार गरिएको छ ।  साभार : रातोपाटी












1899066 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top