logo
19 Nov 2018   |   
मनोरञ्जन

उमेरले ४२ टेक्दा पनि अझै सिंगल यी अभिनेत्री



मनोरञ्जन   63 पटक पढिएको        
मिस युनिवर्स बिजेता बलिउड अभिनेत्री सुष्मिता सेन ४२ बर्षकी भएकी छन् । थुप्रै चलचित्रमा अभिनय गरेकी सेनले अभिनयबाट खासै नाम कमाउन सकिनन् । सुष्मिता अहिले पनि सिंगल छिन् ।



तर उनले अहिले दुई बालिकालाई पालिरहेकी छन् । सन् २००० मा उनले पहिलो र २०१० अर्को बालिका घर भित्र्याएकी थिइन् । पहिलो १८ बर्षकी भएकी छन्, भने अर्की ७ लागेकी छिन् ।

सुष्मिताको निर्देशक विक्रम भट्टका साथ अफेयर पनि चलेको थियो । बिक्रमले केही पहिले एक अन्तर्वातामा भनेका थिए ‘मेरो एक समय सुष्मिताका साथ अफेयर थियो, त्यतिबेला उनी २० देखि २७ बर्षकी थिइन् । सुष्मिताको अर्को अफियर रणदीप हुड्डासँग पनि चलेको पाइन्छ । 

अर्की बलिउड अभिनेत्री नगमा पनि ४२ पुगेकी छन् । अहिलेसम्म सिंगल रहेकी नगमाले चलचित्र ‘बागी’बाट बलिउड डेब्यु गरेकी हुन् । यसको अलवा उनले ‘सनम बेवफ’, ‘पुलिस और मुजरिम’, ‘किंग अंकल’, ‘सुहाग’, ‘एक रिस्ता’ लगायत दर्जनौ चलचित्रमा काम गरेकी छन् । २००७ मा उनको पछिल्लो चलचित्र सार्वजनिक भएको थियो । साभार : रातोपाटी












1899067 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top